विश्वराज तामाङ
उदयपुर श्रावण ६
कोरोना भाईरसको महामारीको कारण देशव्यापी रुपमा शिक्षण संस्था बन्द भैरहेको अबस्थामा उदयपुरका एक सामुदायीक विद्यालयले भने विद्यार्थीलाई घरमै राखेर भर्चुअल प्रविधिबाट अनलाईन कक्षा संचालनमा ल्याएको छ । उदयपुर सदरमुकाम गाईघाट स्थित त्रियुगा नमुना माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई घरमै राखेर कक्षा संचालन गरेको हो । शिक्षण संस्था बन्द हुदाँ विद्यार्थीको शिक्षण सिकाई प्रभावित भएको भन्दै विद्यालयले जुम एप्स प्रयोग गरी विद्यार्थीहरुलाई नियमीत कक्षा संचालन गरेको हो ।
प्रदेश नम्बर १ सरकारको इ एजुकेशन अन्तर्गत सामाजिक विकास मन्त्रालयबाट विद्यालयले दुई थान इन्टरयाक्टीव प्यानल, तीन थान स्मार्ट टिभि प्राप्त गरेको थियो । प्रदेश सरकारबाट प्राप्त सामाग्रीको सहयाताले शिक्षकहरुले नियमीत रुपमा कक्षा संचालनमा ल्याएका हुन् ।
प्रदेश सरकारबाट प्राप्त प्रविधि मार्फत कक्षा संचालन गर्दा विद्यार्थीहरु पनि आकर्षित भएका छन्, शिक्षकले पनि नयाँ प्रविधिका साथ कक्षा संचालन गर्दा उत्साहित भएको त्रियुगा नमुना माध्यमिक विद्यालयका प्राचार्य सुबास विष्टले जानकारी दिनु भयो ।
विद्यालयले भर्चुअल कक्षा संचालन गरे पछि लामो समय देखि अबरुद्ध कक्षा संचालन हुदाँ विद्यार्थीहरु पनि खुसी भएका छन् । नयाँ प्रविधिबाट नियमीत रुपमा कक्षा संचालन भए पछि शिक्षण सिकाई सहज भएको विद्यार्थी चन्द्र बहादुर तामाङ वताउछन् ।
विहान ७ बजे देखि दिउसो ३ बजे सम्म विद्यालयले हाल कक्षा ६ देखि १० सम्म अंग्रेजी, गणित, विज्ञान, सामाजिक र नेपाली बिषय शिक्षण गर्दै आएका छ । शिक्षकहरुलाई १० दिन सम्मको तालिम प्रदान गरेर दक्ष बनाएर प्रविधिको माध्यमबाट शिक्षण सिकाई गरिएको विद्यालयले जनाएको छ ।
यस अघि पनि विद्यालयका शिक्षकहरुलाई शिक्षण सिकाई प्रभाकारी बनाउनका लागि कमप्युटरबाट शिक्षण सिकाकाई तालिम प्रदान गरिएको ई एजुकेशनका स्रोत शिक्षक हिरा दियालीले जानकारी दिनु भयो ।
कोरोना भाईरसका कारण विद्यालय संचालनमा नआउदाँ विद्यार्थीहरुले शिक्षण सिकाई गर्न नपाएको र नयाँ प्रविधिबाट जिल्लामै पहिलो पटक कक्षा संचालन गर्न पाउदाँ खुसी लागेकोे बिषयगत शिक्षिका अन्जना बस्नेतले बताउनु भयो ।
कोरोना भाईरसका कारण शिक्षण संस्थाहरु बन्द हुदाँ प्रदेश नम्बर १ सरकारले इ एजुकेशन संचालनको लागि प्रदेश भित्रका १०० विद्यालयलाई इन्टरयाक्टीव प्यानल र स्मार्ट टिभि प्रदान गरेको थियो । त्रियुगा नमुना मावि संगै उदयपुरको उदयपुरको लक्ष्मीपुर मावि, बालमन्दिर मावि, जनता मावि हडिया, माध्यमिक विद्यालय शिवाई, नारद आदर्श मावि बसाह र मावि खाडडाडा गरी सात विद्यालयलाई इएजुकेशनका लागि प्रविधि हस्ताणतरन गरेको थियो । कोरानाका कारण प्रभावित शिक्षा क्षेत्रको वैकल्पीक व्यवस्थाबाट गरिएको शिक्षण सिकाई आफैमा उदाहरणीय मान्न सकिने अभिभावकहरु बताउछन् ।