Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरमा अब १ जना मात्र कोरोना संक्रमित, ८ जनालाई आज घर पठाईयो

  • उपहार न्यूज
  • सोमबार, साउन ५ २०७७
उदयपुरमा अब १ जना मात्र कोरोना संक्रमित, ८ जनालाई आज घर पठाईयो

उपाहार न्यूज
उदयपुर श्रावण ५
उदयपुरको चौदण्डिगढि नगरपालिका ६ मा संचालनमा रहेको उदयपुर कोभिड अस्पतालबाट सोमबार ८ जना घर फर्किएका छन् । कोभिड अस्पतालबाट यस अघि १४ जना उपचार पश्चात घर फर्किएका थिए । सोमबार ८ जनालाई अस्पतालबाट घर फर्किदा उदयपुरमा कोभिड अस्पतालमा अब बाकी १ जना मात्र उपचारमा रहेका छन् ।
उदयपुर जिल्लाका चार नगरपालिका र चार गाँउपालिका सहित आठ स्थानीय तहले संयुक्त रुपमा संचालन गरेको कोभिड अस्पतालमा २३ जना उपचारमा रहेका थिए । जस मध्ये ८ जनालाई आईतबार घर फर्काइएको चौदण्डिगढि नगरपालिकाका प्रमुख खगेन्द्र राईले जानकारी दिनु भयो ।


कोभिड अस्पतालमा उपचार गराई रहेका ८ जनामा दोस्रो पटक कोरोनाको टेष्ट गरिदा कोरोना नेगेटिभ आए पछि उनीहरुलाई घर पठाईएको नगर प्रमुख राईले जानकारी दिनु भयो । ४० वेडको कोरोना अस्पताल बनाउने गरी स्वास्थ्यकर्मी सहितको टोली व्यवस्थापन गरेर बेल्टारमा कोभिड १९ जिल्ला अस्पताल स्थापना गरिएको थियो । अस्पतालमा अब १ जना मात्र उपचारमा रहेका छन् । आईतबार चौदण्डिगढि नगरपालिका प्रमुख खगेन्द्र राई, इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख बुद्ध चौलागाई लगायतले उपचार पश्चात ठिक भएका ८ जनालाई विदार्इू गर्नु भएको थियो ।

Last updated:2020 Jul 20 Monday 15:51:04

प्रतिक्रिया
सम्बन्धित समाचार