Upahar News मंगलबार, साउन १२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

सरस्वती बचाउन लागिन सम्झना

  • उपहार न्यूज
  • शुक्रबार, असार २६ २०७७
सरस्वती बचाउन लागिन सम्झना

उपाहार न्यूज
दमक असार २६
पाँचथरमा भीरबाट लडेर मेरुदण्डको हडी भाँचिएर घाइते भएकी सरस्वती श्रेष्ठको उपचारको लागि झापाकी सामाजिक अभियान्ता सम्झना तामाङ सहयोग जुटाउन लागि परेकि छिन् । श्रेष्ठको उपचारको लागि सामाजिक संजाल मार्फत सहयोग जुटाउने क्रममा शुक्रबार सामाजिक अभियान्ता तामाङ संगै महिमा लिम्वूको समुहले श्रेष्ठलाई ५२ हजार रुपैयाँ र सर्जिकल सामान सहयोग गरेको हो । पाँचथरको हाङगुम घर भई उपचारको क्रममा उर्लावारीमा दिदी भेनाको घरमा बस्दै आएकी १६ वर्षीया श्रेष्ठलाई स्वदेश तथा विदेशबाट आएको सहयोग शुक्रबार हस्तान्तरण गरिएको हो ।
सामाजिक अभियान्ता तामाङको टोलीले विरामीको घरमा पुगेर नगद तथा सर्जिकल सामाग्री हस्तान्तरण गरेको हो । बिरामी सरस्वतीले रकम ग्रहण गरेपछि रुदै सहयोग गर्ने सहयोगी मनहरुलाई धन्यवाद दिइन् । उनले आफ्नो थप उपचारका लागि सहयोग गर्न देश र विदेशमा रहनु भएका नेपाली दाजुभाई दिदी बहिनी आग्रह गरिन् ।
४ वर्ष अघि हाङगुमको भीरमा गोठाला जाँदा भीरबाट लडेर मेरुदण्डको हडी भाँचिएर बिरामी भएकी सरस्वतीको घरमा पुगेर थप उपचारका लागि सहयोग गर्न सामाजिक अभियान्ता सम्झनाको टोलीले केही दिन अघि भिडियो प्रत्यक्ष प्रसारण गरेका थिए ।
पाँचथरको हाङगुम घर भएकी सरस्वतीको घरायसी अवस्था नाजुक र उनका बुवाआमाले दैनिक जेनतन गरेर परिवारको गुजारा चलाउने गरेको अभियानमा सहभागी सञ्चारकर्मी समेत रहेकी लिम्वूले बताइन् ।
सररस्वतीको लागि आउने जति पनि सहयोग उनको परिवारलाई सार्वजानिक रुपमा हस्तान्तरण गर्ने सामाजिक अभियान्ता तामाङले बताइन् ।
बिरामीको स्याहार सुसार गरी रहेकी दिदी जमुना श्रेष्ठले बिराटनगरको नोवेल हस्पिटल सम्म पुराएर उपचार गर्दा २० लाख रुपैँया सकिएको सुनाइन् । सरस्वतीको उपचार सफल हुन २५/३० लाख रुपैयाँ लाग्ने भएको जमुनाले बताइन् । सामाजिक अभियान्ता सम्झना तामाङले दमक ३ का सवारी दुर्घटनामा परी घाईते भएका सन बहादुर तामाङको लागि पनि यस अघि सहयोग गरी सकेकि छिन् । चार महिना अघिबाट सुरु भएको तामाङको उपचारको लागि सहयोग करिब १० लाख हाहारीमा सहयोग उपलब्ध गराएको सम्झनाले उपाहार संग बताईन् । आफुले सामाजिक संजालको माध्यम मार्फत सहयोग संकलन गरेको र आफुले संचालन गरेको अभियानमा सहयोग गर्ने स्वदेश तथा विदेशमा रहेका सहयोगीदाता, शुभचिन्तक तथा संचारकर्मीहरुलाई तामाङले धन्यवाद समेत ज्ञापन गरिन् ।

Last updated:2020 Jul 10 Friday 14:30:35

प्रतिक्रिया
सम्बन्धित समाचार