Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

त्रियुगा नगरपालिकामा प्रभावकारी बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम

  • उपहार न्यूज
  • सोमबार, असार २२ २०७७
त्रियुगा नगरपालिकामा प्रभावकारी बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम

विश्वराज तामाङ
उदयपुर असार २२
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत त्रियुगा नगरपालिकामा एक सय ३९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन अन्तर्गत त्रियुगा नगरपालिका क्षेत्रका विभिन्न दुई वडामा गरी एक सय ३९ जनाले रोजगारी पाएका हुन् ।
पारिश्रामिकमा आधारित सामुदायीक आयोजना अन्तर्गत त्रियुगा नगरपालिका वडा नम्बर १२ स्थित बोटे टोलमा चार सय १० मिटर र जनप्रेमी टोलमा १७२ मिटर लामो नाली निर्माण कार्य भैरहेको त्रियुगा नगरपालिका रोजगार संयोजक पम्फा घलेले जानकारी दिनु भयो ।
त्रियुगा नगरपालिका वडा नम्बर १२ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दश लाख ९० हजार, त्रियुगा नगरपालिकाबाट नौ लाख सैतिस हजार र वडागत बजेटबाट ६ लाख ५० हजार गरी २६ लाख ७७ हजार लागतमा नाली निर्माण कार्य भैरहेको रोजगार संयोजक घलेले जानकारी दिनु भयो । वडा नम्बर १२ मा दक्ष १४ र अदक्ष ५८ गरी ७२ जना श्रमिकहरुको रोजगारी प्राप्त गरेका छन् ।


यता त्रियुगा नगरपालिका वडा नम्बर ५ श्रीपुर दमौती सडक खण्डमा ३ किलोमिटर कच्ची नाली र सडक मर्मत भैरहेको वडा नम्बर ५ का वडाध्यक्ष उद्धब थापाले जानकारी दिनु भयो । प्राथमिकिकरण सूचीको आधारमा ६७ जना श्रमिकहरुले काम गरिरहेका छन् । वडा नम्बर ५ मा निर्माणधिन कच्ची नालीको लागि प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १० लाख रुपैया बजेट विनियोजन भएर काम भैरहेको छ । त्रियुगा नगरपालिकामा वेरोजगारी तथ्यांक संकलन अन्तर्गत आर्थिक बर्ष २०७५÷०७६ मा तीन हजार दुई सय ३३ जनाले फारम भरेको रोजगार संयोजक घलेले जानकारी दिनु भयो । यता चालु आर्थिक बर्षमा त्रियुगा नगरपालिकामा न्यूनतम १०० दिनको रोजगार नपाउने ७८८ जनाले वेरोजगारी फारम भरेको तथ्यांक रहेको नगरपालिकाले जनाएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि पारिश्रामिकमा आधारित सामुदायीक आयोजना निर्माणधिन स्थानमा आयोजना निर्देशक समितिले निरन्तर अनुगमन गरिरहेको निर्देशक समितिका सदस्य तथा त्रियुगा नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष प्रकासकुमार खड्काले जानकारी दिनु भयो ।
गत आर्थिक बर्षमा पनि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत नगरको विभिन्न स्थानमा गरी ३ सय ५५ जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेको निर्देशक समितिका सदस्य खड्काले जानकारी दिनु भयो । चालु आर्थिक बर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यक्रमबाट २० लाख ९० हजार, त्रियुगा नगरपालिकाबाट ९ लाख ३७ हजार र वडा नम्बर १२ बाट ६ लाख ५० हजार गरी कुल ३६ लाख ७७ हजार रुपैया पारिश्रामिक तथा पूर्वाधार निर्माणमा बिनियोजन भै खर्च हुने भएको छ ।

Last updated:2020 Jul 06 Monday 15:59:14

प्रतिक्रिया
सम्बन्धित समाचार