Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

जिल्ला अस्पताल र प्रहरी कार्यालयको बीच सडकमै फस्छन् सर्वसाधरण

  • उपहार न्यूज
  • शनिबार, असार २० २०७७
जिल्ला अस्पताल र प्रहरी कार्यालयको बीच सडकमै फस्छन् सर्वसाधरण
शुक्रबार राती नेशनल लाईफ इन्स्योरेन्स कम्पनी शाखा गाईघाटको प्रमुख प्रेमकुमार राईको गाडी सडक खाल्डोका फसेको दृष्य ।

उपहारन्यूज-
उदयपुर, असार २० ।
जिल्ला प्रहरी उदयपुरको कार्यालय र जिल्ला अस्पतालबीचको दूरी पुग-नपुग डेढसय मिटर जति छ । जिल्ला प्रहरी र अस्पतालबीच हरेक दिन ओहोरदोहोर गर्नुपर्ने अत्यावश्यक कामहरु दिनहुँ परेकै हुन्छ । बिभिन्न कसुरका नयाँ आरोपितहरु प्रहरी नियन्त्रणमा पर्नसाथ स्वास्थ्य जाँचका लागि जिल्ला अस्पताल लैजानुपर्ने प्राबधान छ तर, सडकमा परेको खाल्डोहरुले निकै गाह्रो हुने गरेको छ ।

प्रहरीसँगको सरोकार मात्र हैन । आम नागरिकसँग पनि त्यही रोडको सम्बेदनशीलता जोडीएको छ । उदयपुर सदरमुकाम गाईघाट बजारका अधिकांस स्थानीय सोहीबाटो हुदै जिल्ला अस्पताल आउने गर्छन् । दमकल, एम्बुलेन्स लगायतका इमर्जेन्सी सवारी साधन छिर्नै नसक्नेगरी सडक खाल्डो परेपनि सरोकारवाला कसैले चासो नदिदा झनै समस्या थपिएको हो ।

‘प्रहरी कार्यालयबाट अस्पताल जाने बाटोमा मेरो गाडी दुई घण्टाबढी फस्यो’ नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका शाखा गाईघाट प्रमुख प्रेमकुमार राईले भने, ‘यदी गाडीभित्र बिरामी मान्छे भएको भए हालत के हुन्थ्यो ?’ आफ्नो सवारीसाधन फसेपछि राती निधाएका साथीहरुलाई घरघरबाट बोलाएर ठेलेर निकाल्नुपरेको पीडित राईले बताए । सडकजस्तो नागरिकको स्वास्थ्य र शान्ति सुरक्षाजस्ता दैनिकीसँग प्रत्यक्ष जोडीएको विषयमा पहल नभए सर्वसाधरणलाई अझै सास्ती बढ्ने उनको भनाई छ ।

यसबारे जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारसँग बुझ्न खोज्दा आफू पनि त्यहाँ शुक्रबार केहीबेर फसेको बताए । ‘मेरो गाडी पनि हिजो केही समय फस्यो’ जिसस प्रमुखले सुनाए, ‘निकै कसरत गरेरै निकाल्नुप¥यो ।’ केही वर्षअघि ओटाशिल गरिएको सो सडक हाल बजेट अभावमा निर्माण गर्न असहज भएको प्रमुख परियारले जानकारी दिए । जिप्रका अगाडिको बेहाल खतरापूर्ण सडकको निर्माण त्रियुगा नगरपालिकाले गर्नुपर्ने उनको भनाई छ । ‘यसकारे म नगरपालिकामा ध्यानाकर्षण गराउदछु’ समन्वय प्रमुखले भने ।

यता जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक भीमबहादुर दाहालले पनि सडकमा परेको खाल्डोले नागरिक सुरक्षाको समय गस्ती (भ्यान)समेत फस्ने गरेको गुनासो गरे । उनले दैनिक पक्राउ पर्ने बिभिन्न मुद्धाका आरोपितहरुलाई समेत स्वास्थ्य जाँचका लागि लैजान समस्या पर्ने गरेको बताए । नागरिक र निकायको प्रतिनिधिमूलक गुनासोबारे प्रतिक्रिया बुझ्न खोज्दा त्रियुगा नगरपालिकाको मेयर बलदेव चौधरीको मोवाईल नम्बरमा भने सम्पर्क हुन सकेन ।

शुक्रबार राती नेशनल लाईफ इन्स्योरेन्स कम्पनी शाखा गाईघाटको प्रमुख प्रेमकुमार राईको गाडी सडक खाल्डोका फसेको दृष्य ।

Last updated:2020 Jul 04 Saturday 15:27:36

प्रतिक्रिया
सम्बन्धित समाचार