उपाहार न्यूज
उदयपुर असार १९
उदयपुरको चौदण्डिगढि नगरपालिका प्रदेश नम्बर १ मा प्रथम भएको छ । राष्ट्रिय युवा परिषले आर्थिक बर्ष २०७६/०७७ को लागि युवामैत्री स्थानिय तहका लागि बनाएको सुचकको आधारमा चौदण्डिगढि नगरपालिकाले परिषदले बनाएको सूचकको आधारमा प्रथम भएको हो ।
स्थानिय तहहरुको लागि स्वंमुल्यांकनका दिईएको फारम तथा परिषदलाई प्राप्त भएको कागजातको आधारमा मुल्यांकन गर्दा ७७.५ अंक प्राप्त गर्दै चौदण्डिगढि नगरपालिका प्रथम भएको हो । युवा परिषद कार्यकारी उपाध्यक्ष माधव ढुंगेलद्धारा हस्ताक्षरीत बधाई तथा शुभकामना पत्र नगरपालिकालाई पठाउदै प्रथम भएको जानकारी गराएको हो । प्रथम भए संगै चौदण्डिगढि नगरपालिकाले परिषदबाट प्रोत्साहन स्वरुप पाँच लाख रुपैया नगद र प्रमाणपत्र प्राप्त गर्ने भएको छ । प्रोत्साहन स्वरुप प्राप्त रकम युवाकै क्षेत्रमा कार्यक्रम गरि प्रतिवेदन पेश गर्नका लागि नगरपालिकालाई आग्रह गरिएको छ ।
यता चौदण्डिगढि नगरपालिकाले पनि जनप्रतिनिधि निर्वाचित भएर आए देखि युवाहरुको क्षेत्रमा विभिन्न कार्यक्रमहरु विनियोजन गर्दै आएको नगर प्रमुख खगेन्द्र राईले बताउनु भयो । युवाहरुको लागि विभिन्न खेलकुद कार्यक्रम, प्रोत्साहनमुलक कार्यक्रमहरु नगरले संचालन गर्दै आएको नगर प्रमुख राईले बताउनु भयो । आगामी दिनहरुमा पनि चौदण्डिगढि नगरपालिकाले युवाहरुको क्षेत्रमा युवामैत्री कार्यक्रमहरु बनाएर अघि बढ्ने बताउनु भयो ।