Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

संरक्षण र घेराबेराको नाममा बेल्टारमा काटियो सिमलको रुख

  • उपहार न्यूज
  • मंगलबार, असार १६ २०७७
संरक्षण र घेराबेराको नाममा बेल्टारमा काटियो सिमलको रुख

उपहारन्यूज
उदयपुर असार १६ |
धार्मिक तीर्थ स्थल संरक्षण तथा घेरावेराको नाममा उदयपुरको चौदण्डिगढि नगरपालिका वडा नम्बर ७ स्थित बसन्त पंचमी सामुदायीक वन क्षेत्र भित्रका तीन सिमलको रुख काटिएको छ । चौदण्डिगढि नगरपालिका ७ स्थित बसन्त पंचमी सामुदायीक वन उपभोक्ता समिति भित्र किरात राई यायोख्याले भोगाधिकार गर्दै आएको क्षेत्रमा तीन वटा सिमलको रुख काटिएको हो ।

किरात राई यायोख्याले साकेला थानको रुपमा भोगाधिकार गर्दै आएको सो स्थानमा प्रदेश सभा सदस्य विमल कार्कीको संसदिय विकास कोषको रकमबाट दुई लाख पचास हाजर रुपैयाको घेरावेरा निर्माण क्रम भैरहेको छ । स्थानिय विकास बन्जाराको अध्यक्षतामा धार्मिक तिर्थस्थल क्षेत्र संरक्षण तथा घेरावेरा निर्माणको लागि उपभोक्ता समिति गठन भएर सो स्थानमा घेरावेराको काम सुरु भएको थियो । बन्जराको अध्यक्षतामा गठित समितिले दुर्गा मन्दिर, मगर जातीहरुको धार्मिक स्थल र किरात राई यायोख्याको साकेला थान घेराबेराको लागि प्रदेश सभा सदस्य कार्कीको संसदिय कोषबाट दश लाख रुपैयाबाट सो काम भैरहेको हो ।


उपभोक्ता समितिले सो स्थानमा घेराबेराको काम गरे पनि आफुहरु रुख काटिएको बिषयमा कुनै जानकारी र सल्लाह नभएको यायोख्याका अध्यक्ष अन्जना राईले बताउनु भयो । मैले पनि साकेला थान स्थलमा निर्माण भैरहेको घेराबेराको क्रममा रुख काटियो भन्ने जानकारी प्राप्त गरे तर यो बिषयमा केहि थाहा नभएको राईले बताउनु भयो ।

यता बसन्त पंचमी सामुदायीक वनका अध्यक्ष अर्जुन राईलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन, सामुदायीक वनका पूर्व सचिव तुलसी बन्जराले रुख काटिएको स्थान बसन्त पंचमी सामुदायीक वन क्षेत्रकै भए पनि किरात राई यायोख्याले भोगचलन गर्दै आएको बताए ।
सामुदायीक वन क्षेत्र भित्र भए पनि किरात राई यायोख्याले भोगचलन गर्दै आएको सो स्थानमा रुख काट्ने बिषयमा समुह भित्र निर्णय नभएको उपभोक्ता समितिका अध्यक्ष विकास बन्जाराले बताए । यता चौदण्डिगढि नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष तेजराज तिम्सिनाले पनि आफुलाई पनि स्थानियले रुख काटेको बिषयमा गुनासो गरेको जानकारी प्राप्त भएको बताए ।

सामुदायीक वन क्षेत्र भित्रको रुख कटान गर्नका लागि सामुदायीक वनको लिखित जानकारी र निर्णय हुनु पर्ने यदि त्यसो नभए सामुदायीक वन र निर्माण उपभोक्ता समितिनै कार्वाहिको भागीदार हुने डिभिजन वन कार्यालय उदयपुरका प्रमुख अम्बिका प्रसाद पौडेलले बताउनु भयो । सामुदायीक वन क्षेत्र भित्र रुख काटिएमा कार्वाहि गर्ने पहिलो अधिकार स्थानिय सामुदायीक वनलाईनै भएको प्रमुख पौडेलले बताउनु भयो ।

Last updated:2020 Jun 30 Tuesday 14:28:17

प्रतिक्रिया
सम्बन्धित समाचार