उपहारन्यूज–
उदयपुर, असार १५ ।
चर्चित गायीका मेलीना राई र गायक रेवत राईको युगल स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । गायक राईको ‘अलग उपहार’ एल्बममा समावेश ‘यो हाम्रो नाता’ बोलको गीत आरस्क्वायर प्रोडक्सन युट्युब च्यानलबाट सोमबार सार्वजनिक गरिएको हो ।
गीतमा हेमकुमार राईको शब्द रहेको छ । बरिष्ठ संगीतकार महेश खड्काको संगीतमा रहेको गीतमा दिनेश सुनामले एरेन्ज गरेका छन् । राजधानीस्थित स्टुडीयो आवरमा रेकर्ड गरिएको गीतका लागि म्यूजिक भिडियो पनि चाँडै निर्माण कार्य थाल्ने सोँचमा रहेको गायक राई बताउछन् ।