उपहारन्यूज–
उदयपुर, असार १४ । उदयपुरमा चट्याङ लागेर घाइते भएका युवकको मृत्यु भएको छ । जिल्लाको पूर्वी चौदण्डिगढी नगरपालिका ५ खोरिया टोलका स्थानीय १८ वर्षीय दिपेश मगरको उपचारको क्रममा अस्पतालमै ज्यान गएको हो । आफनै घर देखि पाँच सय मिटरको दूरीमा रहेको खेतमा काम गरिरहेको अबस्थामा चट्यांङ लागेर गम्भीर घाईते भएका थिए । अपरान्ह ४ः०० बजे खेतमा काम गरीरहेका मगर चट्याङले बेहोस भएपछि उपचारका लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान लगिएको थियो ।