Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

कोरोना मुक्त बन्यो बेलका नगरपालिका

  • उपहार न्यूज
  • बिहिबार, असार ११ २०७७
कोरोना मुक्त बन्यो बेलका नगरपालिका

सुमन सागर खतिवडा
बेलका असार ११
वेलका नगरपालिका बिहिबार बाट कोरोना मुक्त बनेको छ । बिस्वभर माहामारिको रुपमा रहेको कोरोना भाइरस कोबिड (१९) का कारण बेलका नगरपालिकामा बिदेश तथा स्वदेस बाट आएको र फ्रण्ट लाइन मा काम गर्ने स्वास्थ्यकर्मी सुरक्षाकर्मी सहित करिब ५ सय को हाराहारीमा पिसिआर परिक्षण गर्दा ५ जना को पिसिआर रिपोर्ट पोजेटिभ देखिएको थियो । जस मध्ये १ महिला र ४ पुरुषमा संक्रमण देखिएको थियो।
५ जनाले नै कोरोना जितेर फर्किएका छन, १ महिला र १ पुरुष केहिदिन अगाडि कोरोना मुक्त बनेका थिए भने बिहिवार ३ जना पुरुष कोरोना मुक्त बनेर फर्किएका छन ।
कोरोना मुक्त बनेर फर्किएका लाई स्वागत गर्न बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापा , ९ नं वडा अध्यक्ष मोहन घिमिरे , स्वास्थ साखा प्रमुख कमल चौधरी , सामाजिक मनोबिमर्श कर्ता जानुका कार्की लगाएतले बेलका ८ कोशिपुलमा स्वागत गरेका थिए।
अहिले बेलका नगरपालिकामा १ जना महिला र ८ जना पुरुष गरि ९ जना क्वारेन्टाइनमा रहेको स्वास्थ साखा सह संयोजक देविन मगरले बताए ।

Last updated:2020 Jun 25 Thursday 12:54:25

प्रतिक्रिया
सम्बन्धित समाचार