Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

दिप्रुङ चुइचुम्माको बजेट ५१ करोड ४२ लाख

  • उपहार न्यूज
  • बुधबार, असार १० २०७७
दिप्रुङ चुइचुम्माको बजेट ५१ करोड ४२ लाख

उपाहार न्यूज
खोटाङ असार १०
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ५१ करोड ४२ लाख आठ हजार चौरत्तर रुपैया आठ पैसा बराबरको बजेट प्रस्तुत गरेको छ । बुधबार सम्पन्न सातौ गाउँसभामा निति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाले उक्त बजेट प्रस्ताव गरेको हो । गाउँपालिका उप प्रमुख सपना राईले आगामी आर्थिक बर्षका लागि गाउँपालिकाको निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।
पालिकाले आगामी आर्थिक बर्षका लागि आर्थिक विकास तर्फ पाँच करोड २९ लाख ७३ हजार सात सय ६४ रुपैया, पूर्वाधार तर्फ १० करोड ६ लाख ९४ हजार तीन सय १० रुपैया, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ ६ करोड ९२ लाख तीन हजार दुई सय, सामाजिक विकास तर्फ २९ करोड १२ लाख आठ हजार बजेट बिनियोजन गरेको छ । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र कोरोना भाइरस ( कोभिड(१९) लाई विशेष प्राथमिकता दिई बजेट बिनियोजन गरेको छ ।

Last updated:2020 Jun 24 Wednesday 10:59:14

प्रतिक्रिया
सम्बन्धित समाचार