कटारी, जेष्ठ १ । चट्याङ लागेर उदयपुरको कटारीमा एक जनाको ज्यान गएको छ । विहीवार दिउँसो पानी सँगै परेको चट्याङ लागि उदयपुरको कटारी नगरपालिका वडा नम्बर ३ राजावासका लिल बहादुर सुनुवारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । वस्तु चराउन गोठालो गएका उनलाई वर्षासँगै परेको चट्याङ लागेको र उनको घट्ना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक प्रेमसागर केसीले बताउनु भयो ।
उदयपुरको कटारी नगरपालिका र सिन्धुलीको दुधौली नगरपालिका जोड्ने मदनभण्डारी राजमार्ग स्थित ककरुखोलाको पुल नजिकै वस्तु चराउँदै गर्दा पानीसँगै परेको चट्याङ लागि उनको घट्ना स्थलमै मृत्यु भए पछि स्थानीयले प्रहरीलाई खबर गरेका प्रहरीले बताएको छ ।
उनको शव पोष्टमाटमका लागि कटारी अस्पतालमा राखिएको र पोष्टमाटम पछि शव आफन्तलाई बुझाईने प्रहरीले जनाएको छ ।