Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

१४३ को पिसिआर परिक्षण, थप तीन जनामा कोरोना संक्रमण

  • उपहार न्यूज
  • शनिबार, बैशाख २७ २०७७
१४३ को पिसिआर परिक्षण, थप तीन जनामा कोरोना संक्रमण

उपाहार न्यूज
उदयपुर बैशाख २७
उदयपुरमा थप एक सय ४३ जनाको पिसिआर परिक्षण गरिएको छ, त्रियुगा नगरपालिका ३ भुल्के क्षेत्रका ७३ पुरुष र ७० महिला गरी १४३ जनाको पिसिआर परिक्षण गरिएको जिल्ला जनस्वास्य प्रमुख मोहन सुवेदीले जानकारी दिनु भयो । पिसिआर परिक्षण आईतबार पनि हुने छ, यस अघि त्रियुगा नगरपालिका क्षेत्रका ८८५, चौदण्डिगढि नगरपालिका क्षेत्रका ६१, कटारी नगरपालिकाको ३६, वेलका नगरपालिकाको १६, लिम्चुङबुङ गाउँपालिकाका ८, रौतामाई गाउँपालिकाका ५ र ताप्ली गाउँपालिकाका २ गरी १०१३ को पिसिआर परिक्षण गरि सकिएको छ ।
यता उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित नुरी मस्जिद क्षेत्रका थप तीन जनामा कोरोेना संक्रमण पुष्टि भएको छ यो सँगै संक्रमितको संख्या उदयपुुरमा मात्रै ३१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबान बिहान दिएको जानकारीअनुसार यहाँका १८, ४५ र ६५ वर्षीय महिलामा संक्रमण भएको पुष्टि भएको हो। उनहिरु सबै मुस्लिम समुदायका महिला हुन् । कोशी अस्पताल विराटनगरको पीसीआर ल्याबमा गरिएको परीक्षणमा उनीहरुलाई संक्रमण देखापरेको मन्त्रालयले जनाएको छ।
तीन दिनअघि भुल्के क्षेत्रका ३३४ जनामा दोश्रोपटक गरिएकको स्वाब परीक्षण गरिएको थियो। सोही मध्ये ३ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्र्यालयका प्रमुख मोहन सुवेदीले जानकारी दिए। संकलित स्वाब धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगर पठाइएको उनले बताए। पठाइएका मध्ये आधाको मात्र रिर्पोट आएको र बाँकीको परीक्षण भइरहेको सुवेदीले जानकारी दिए।

Last updated:2020 May 09 Saturday 12:11:50

प्रतिक्रिया
सम्बन्धित समाचार