Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरमा ६५९ को पिसिआर परिक्षण, २७८ क्वारेनटाइनमा ८८ जना घर फर्किए

  • उपहार न्यूज
  • बुधबार, बैशाख १७ २०७७
उदयपुरमा ६५९ को पिसिआर परिक्षण, २७८ क्वारेनटाइनमा ८८ जना घर फर्किए

विश्वराज तामाङ
उदयपुर बैशाख १७
उदयपुरमा पिसिआिर परिक्षणको दायरालाई फराकिलो बनाईएको छ, उदयपुरमा हाल सम्म ६५९ को पिसिआर र १४२ जनाको आरडिटि परिक्षण गरिएको जनाईएको छ । पिसिआर परिक्षण गरिएका मध्य ५३१ जनाको रिपोर्ट आईसकेको र त्यस मध्य २८ जनामा कोरोना पोजेटिभ देखिएको र बाकीमा नेगेटिभ देखिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी दिपक पाहाडिले जानकारी दिनु भयो ।
उदयपुरको चौदण्डिगढि नगरपालिका ५ शिवाईका ५८, त्रियुगा नगरपालिका २ मोथियाईका २० र त्रियुगा नगरपालिका ३ भुल्के लगायत आसापासका क्षेत्रका नागरिकहरुमा गरी ६५९ मा पिसिआर परिक्षण गरिएको हो ।
पिसिआर परिक्षणलाई प्रभावकारी बनाउनका लागि जिल्लाका सबै स्थानिय तहहरुमा स्वास्थ्य सामाग्री सहित टोली परिचालन गरिएको प्रजिअ पाहाडिले जानकारी दिनु भयो । यता हाल सम्म क्वारेनटाइनमा बसेर ८८ जना घर फर्कीसकेका छन्, हाल उदयपुरका विभिन्न स्थानमा गरी २७८ जना क्वारेनटाइनमा रहेको प्रमुख जिल्ला अधिकारी पाहाडिले जानकारी दिनु भयो ।
यता स्थानियले पिसिआर परिक्षणको दायरा नबढेको गुनासो गरेका छन्, त्रियुगा नगरपालिकाको भुल्के क्षेत्रमा २८ जना कोरोना संक्रमित भए पछि स्थानियहरु त्रासमा बस्न बाध्य छन्, त्रासमा रहेका स्थानियले पिसिआर परिक्षणलाई प्रभावकारी बनाउनका लागि माग गर्दै आएका छन् । स्थानिय तहले पनि प्रदेश र संघिय सरकार संग स्थानिय नागरिकको माग र स्थानिय आवश्यक्ताको आधारमा पहल गरीरहेको त्रियुगा नगरपालिका नगर प्रमुख वलदेव चौधारीले जानकारी दिनु भयो ।

Last updated:2020 Apr 29 Wednesday 10:36:04

प्रतिक्रिया
सम्बन्धित समाचार