विश्वराज तामाङ
उदयपुर बैशाख १७
गैरसरकारी संस्था महासंघ केन्द्रिय समितिले उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केका कोरोना प्रभावित ५७ विपन्न परिवारलाई सरसफाई सामाग्री प्रदान गरेको छ । गैसस महासंघ केन्द्रिय समितिले उदयपुर जिल्ला शाखा संगको समन्वयमा भुल्केका ५७ परिवारलाई सरसफाई सामाग्री प्रदान गरेको हो ।
स्थानिय प्रशासनले भुल्के क्षेत्रलाई शिल गरे पछि स्थानिय नागरिकहरु विभिन्न समस्या झेल्दै आउनु परेको छ, कोरोना प्रभावित क्षेत्रमा स्थानिय नागरिकहरुमा पारिवारिक सरसफाईको लागि सामाग्री हस्ताणतरन गरिएको गैसस महासंघका केन्द्रिय सल्लाहकार सृजना दनुवारले जानकारी दिनु भयो ।
स्थानिय नागरिकहरुलाई करिब डेढ लाख रुपैयाको खाजाका सामाग्री सहित स्वास्थ्य सामाग्री उपलब्ध गराईएको हो । केन्द्र संगको समन्वयमा जिल्ला शाखाले स्थानिय तह त्रियुगा नगरपालिका मार्फत सामाग्री प्रदान गरिएको गैसस महासंघ प्रदेश नम्बर १ का ईन्चार्ज तथा केन्द्रिय सदस्य महेश्वरी राईले जानकारी दिनु भयो । त्रियुगा नगरपालिका नगर प्रमुख बलदेव चौधरी, उपप्रमुख देवीकुमारी चौधरी र वडा नम्बर ३ का वडाध्यक्ष अबधेश चौधरीलाई संयुक्त रुपमा स्थानिय नागरिकहरु माझ स्वास्थ्य सहितको खाजा सामाग्री बुधबार भुल्केमा हस्ताणतरन गरिएको हो । भुल्केमा हाल सम्म पिसिआर परिक्षण मध्ये २८ जनामा कोरोना भाईरसको संक्रमण पोजेटिभ देखिए पछि सो क्षेत्रलाई स्थानिय प्रशासनले विशेष सुरक्षा निगरानीका साथ शिल गरेको छ ।