Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

‘जिन्दगीको गोरेटोमा’ मेलीना र रेवत

  • उपहार न्यूज
  • आइतबार, बैशाख ७ २०७७
‘जिन्दगीको गोरेटोमा’ मेलीना र रेवत

उदयपुर, बैशाख ७ ।

चर्चित गायीका मेलीना राई र रेवत राईको स्वरबद्ध नयाँ गीत नेपाली साङ्गीतिक बजारमा आएको छ । ‘अलग उपहार’ एल्बममा समावेश ‘जिन्दगीको गोरेटो’ बोलको गीत ‘आर स्क्वायर प्रोडक्शन’ नामक युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

गीतमा डिल्लीराम राईको शब्द छ । बरिष्ठ संगीतकार शान्तिराम राईले संगीत भरेको गीत राजधानीस्थित एक्शन अडियो स्टुडीयोमा रेकर्ड गरिएको हो । जसमा धिरज श्रेष्ठले एरेन्जरको भूमिका निर्वाह गरेको गायक रेवतले जानकारी दिए । गीत सार्वजनिक भएसँगै हौसलापूर्ण प्रतिक्रियाहरु आईरहेकाले चाँडै म्यूजिक भिडियो बनाउने तयारीमा आफू रहेको उनले बताए ।

त्यस्तै गायक रेवत राईलगायतका झण्डै आधादर्जन कलाकारहरुको सामूहिक स्वरमा रहेको जनचेतनामूलक गीत ‘बन’ पनि सोही च्यानलबाट सार्वजनिक भएको छ । जीवन राई (ज्वाला)को शब्दलाई रेवत आफैले संगीत भरेका छन् । साहस साक्यले एरेन्ज गरेको सो गीतमा रेवत राई, बिनोद राई, दिपा लामा, जानुका राईलगायतले सामूहिक रुपमा स्वर दिएका छन् । चन्द्र चौधरीले मिक्सीङ गरेको गीत राजधानीकै अकोष्टिक स्टुडीयोमा रेकर्ड गराइएको हो ।

 

Last updated:2020 Apr 19 Sunday 10:27:06

प्रतिक्रिया
सम्बन्धित समाचार