Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरको भुल्के शिल गरियो, मुस्लीमबस्तीमा आरडिटि परिक्षण गर्न किट अभाव

  • उपहार न्यूज
  • शनिबार, बैशाख ६ २०७७
उदयपुरको भुल्के शिल गरियो, मुस्लीमबस्तीमा आरडिटि परिक्षण गर्न किट अभाव

विश्वराज तामाङ
उदयपुर बैशाख ६
१२ जनामा कोरोना संक्रमण देखिए पछि यतिवेला उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ स्थित भुल्के क्षेत्रलाई स्थानिय प्रशासनले शिल गरेको छ । स्थानीय मुस्लीम बस्तीमा रहेको मस्जीदमा एक महिना अघि आएका १२ भारतीय र चार विराटनगरका नेपाली मुस्लीम सहित १६ मा कोरोना परिक्षण गरिएको थियो । कोराना परिक्षणमा एक नेपाली र ११ भारतीय सहित १२ मा कोराना संक्रमण पुष्टि भए पछि उनीहरुलाई शुक्रबार रातीनै उच्च सुरक्षाका साथ विराटनगर स्थित कोरोना अस्पताल लगिएको छ । यता संक्रमितहरुको सम्पर्कमा स्थानिय समेत रहेको आसंकमा स्थानिय मुस्लीम बस्तीमा नेपाली सेना सहितको स्वास्थ्यकर्मीहरुले आरडिटि परिक्षण गर्ने तयारी रहेको त्रियुगा नगरपालिका उदयपुरका नगर प्रमुख वलदेव चौधरीले जानकारी दिनु भयो ।
नगर क्षेत्रमा उच्च सतकर्ताका साथ काम गरीरहेका छौ, भुल्के क्षेत्रलाई शिल गरिएको र नगरपालिका क्षेत्रमा लकडाउनलाई पूर्ण पालना गर्नका लागि आव्हान गरिएको नगरप्रमुख चौधरीले बताउनु भयो ।
यता कोरोना परिक्षणको लागि पर्याप्त मात्रामा स्वास्थ्यकर्मीहरुको लागि आवश्यक स्रोत साधन उपलब्ध नभएको उहाँले जानकारी दिनु भयो । हाल सम्म त्रियुगा नगर क्षेत्रमा एउटा पनि थर्म गन नभएको र सिमित आरडिटि भएकाले परिक्षण गर्नका लागि समेत असहज परिस्तिथी पैदा भएको उहाँले जानकारी दिनु भयो ।
जिल्लामा सिमिट आरडिटि परिक्षण किट रहेको र प्रदेश सरकारबाट आरडिटि किट मगाईएको प्रमुख जिल्ला अधिकारी दिपककुमार पाहाडिले जानकारी दिनु भयो । प्रजिअ पाहाडिका अनुसार स्वास्थ्यकर्मीहरुको लागि समेत आवश्यक पिपिईको अभाव रहेको र परिक्षण किटको अभाव हुदाँ स्थानियमा परिक्षण गर्न ढिलाई भैरहेको बताउनु भयो । यता लकडाउनलाई अझ कडाई गर्ने स्थानिय प्रशासनले जनाएको छ, त्रियुगा नगर क्षेत्रमा कोरोना संक्रमण देखिए पछि नागरिकलाई उच्च सतकर्ता अपनाउन स्थानिय प्रशासनले आग्रह समेत गरेको छ ।
यता स्थानिय नागरिकहरु पनि कोरोना संक्रमणको उच्च जोखिममा जिल्ला परे पछि आवश्यक उच्च सतकर्ता अपाउनका लागि परेका छन् । स्थानिय गाउँ बस्तीमा टोललाई नै स्थानियले लक डाउन गरेर टोल बस्तीका प्रवेशद्धारहरु बन्द गरेका छन् ।

Last updated:2020 Apr 18 Saturday 09:43:56

प्रतिक्रिया
सम्बन्धित समाचार