Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरका कोराना संक्रमित सहित १६ जनालाई कोरोना अस्पताल विराटनगर लगियो (भिडियो सहित)

  • उपहार न्यूज
  • शुक्रबार, बैशाख ५ २०७७
उदयपुरका कोराना संक्रमित सहित १६ जनालाई कोरोना अस्पताल विराटनगर लगियो (भिडियो सहित)

विश्वराज तामाङ
बैशाख ५ उदयपुर
उदयपुरमा कोरोना पोजेटिभ देखिएका १२ र अन्य चार सहित १६ जना लाई विराटनगर स्थित कोरोना अस्पतालको आईसुलेसनमा लगिएको छ उनीहरुलाई चार एम्बुलेन्स मा राखेर विराटनगर लगिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक वीर बहादुर बुढामगरले जानकारी दिनु भयो ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्के स्थित मस्जीदमा एक महिना अघि आईपुगेका १२ भारतीय र चार विराटनगरका सहित १६ जनाको आरडिटि परिक्षण गर्दा नेगेटिभ पाईए पनि पिसिआर परिक्षण भने १२ जनामा कोरोनामा पोजेटिभ देखिएको बुढामगरले जानकारी दिनु भयो ।
स्थानियको मस्जीदमा भारती नागरिकहरु रहेको भन्ने पटक पटकको जानकारी पश्चात उनीहरुलाई प्रशासनले उच्च निगरानीमा राखेको थियो । धार्मिक यात्राको क्रममा चार महिना अघि नेपाल आएका उनीहरुमा कोरोनाको कुनै लक्षण भने नदेखिएको र सामान्य अबस्थाको व्यक्ति जस्तै देखिने गरेको नेपाल मुस्लीम संघ उदयपुरका अध्यक्ष नजवुल खानले जानकारी दिनु भयो । मस्जीदमा रहेको १६ जना मध्ये १२ मा कोरोना पोजेटिभ देखिएको नेपाल सरकारको स्वस्थ्य तथा जनसंख्या मञ्त्रालयको आधिकाररिक फेसबुक पेजमा पोष्ट गरी पुष्टि गरेको हो । उनीहरुको विराटनगरस्थित कोशी अस्पतालमा स्वाप परिक्षण हुँदा पोजेटिभ देखिएपछि काठमाडौं टेकु अस्पतालमा पुनः परिक्षणलाई पठाइएको थियो । पुनः परिक्षणबाट पनि पोजेटिभ देखिएपछि उनीहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । भारतबाट आएर मस्जिदमा बसेको भन्दै स्थानीयले पटक पटक प्रशासनलाई सूचना गरेपछि उनीहरुको स्वाप नमुना लिइएको थियो । जिल्ला जनस्वस्थ्य कार्यालय उदयपुरले स्वस्थ्यकर्मी र सुरक्षाकर्मीका साथ मस्जिदबाट केहीदिन अघि १२ भारतीय नागरिकसहित १६ जनाको स्वाप नमुना संकलन गरी कोशी अस्पताल विराटनगर पठाएको थियो । यो कोरोना संक्रमण फेलाको घटना उदयपुर मात्र नभई प्रदेश १ कै पहिलो घटना हो । यति ठूलो संख्यामा एकैचोटी त्यो पनि एकै ठाउँबाट भेटिएपछि प्रशासनले उक्त स्थानलाई सिलबन्दी गरेको छ ।
धार्मिक यात्रामा उदयपुर आईपुगेका उनीहरु मस्जिद भित्रै रहने र दैनिक स्लामीक धर्म अनुसार कुरान पाठ गरेर बस्ने गरेका थिए । १२ जनामा कोरोनामा पोजेटिभ देखिए पछि स्थानिय प्रशासनले त्रियुगा नगरपालिका वडा नम्बर ३ स्थित मुस्लीम टोलमा शनिवार सबैको आरडिटि परिक्षण गर्ने तयारी गरेको छ । उनीहरुको सम्पर्कमा गएका व्यक्तिहरुको पहिचान गर्ने काम गरिने टोललाईनै शिल गरेर आरडिटि र आवश्यक्ताको आधारमा स्वांब परिक्षण गरिने जनाएको छ । १२ जनामा कोरोना रिपोर्ट पोजेटिभ आए पछि स्थानिय नागरिकहरु त्रसित भएका छन्, स्थानियहरुले उच्च सतकर्ता अपनाउन सुरु गरेको त्रियुगा नगरपालिका ३ का स्थानिय गोविन्द गुरागाईले बताए । एक महिना अघि आएका उनीहरुको सम्पर्कमा स्थानिय मुस्लीमहरुको सम्पर्क हुन सक्ने भएकाले सबैमा यथासिघ्र कोरोना परिक्षण गर्नु पर्ने आवश्यक्ता रहेको गुरागाई बताउछन् ।
उदयपुरमा क्वारेनटाइनमा रहेका भारतका विभिन्न स्थानमा धार्मिक यात्रामा पुगेर आएका व्यक्तिहरुको भने आरडिटि परिक्षणको रिपोर्ट आउन बाकी रहेको छ । उनीहरु त्रियुगा नगरपालिका ३ स्थित त्रियुगा जनता बहुमुखी क्याम्पसमा रहेको क्वारेनटाइनमा रहेका छन् ।

Last updated:2020 Apr 17 Friday 16:09:35

प्रतिक्रिया
सम्बन्धित समाचार