Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

माउन्ट एभरेस्ट सेवा समाज नेपालद्धारा १५ सय माक्स बितरण

  • उपहार न्यूज
  • बुधबार, बैशाख ३ २०७७
माउन्ट एभरेस्ट सेवा समाज नेपालद्धारा १५ सय माक्स बितरण

उदयपुर, बैशाख ३/ बिश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट सतर्क रहन माउन्टेन एभरेस्ट सेवा समाजले फरक–फरक ठाउँ गरि १५ सय माक्स बितरण गरेको छ । सामाजिक कार्यमा उच्च मनवल बोकेका यस संस्थाले अन्य धेरै पिडितहरुको घाउमा मलम लागाउन सफल भएको छ ।
नबलपुरको कावासोती नगरपालिका १५, मुसर बस्ति र इटा उद्योग क्षेत्रमा बसोबास गर्ने मजदुरहरुलाई बुधवार माउन्ट एभरेस्ट सेवा समाज नेपाल कुवेत साखा समितिका अध्यक्ष कृष्ण रिजालको भोलेन्टियर टिमबाट बितरण गरिएको थियो ।

मुसर बस्ति र ईटा उद्योगलाई लक्षित गरी हाल बिश्वनै त्रास अवस्था सृजना भएको बेलामा समाजलाई यस्ता भाईरसबाट मुक्त गर्ने उदेश्यको साथ मास्क बितरण गरिएको संस्थाका अध्यक्ष ईन्द्र बहादुर कटुवालले जानकारी दिनुभयो । लकडाउनको अवस्थाले गर्दा बिभिन्न ठाउँहरुमा आवस्थक खाद्यन्नहरु प¥याउने लक्ष्य भएता पनि हाल त्यो अवस्थ नभएको कारण अन्य सहयोग गर्न भपाएको कटुवालले बताउनुभयो ।

माउन्ट एभरेस्ट सेवा समाज नेपालका सदस्यहरु नेपाल लगायत बिभिन्न मुलुकहरुमा कार्यरत युवाहरुद्वारा संगठित सँस्था हो । दिन दुखिहरुको मलमपट्टी बन्ने कार्यमा निरन्तर सक्रियताका साथ सहयोग गर्दै अगाडी बढीरहेको छ । यस कार्यक्रमलाई सफल बनाउन बिभिन्न मुलुकमा कार्यरत मनका धनी व्यक्तित्व सहयोगी मनहरु बाट कतार, साउदी, अरब, कुवेत, साइप्रस बाट माउन्ट एभरेस्ट सेवा समाज नेपाल कै सदस्यहरु बाट सहयोग प्राप्त भएको हो । बिभिन्न समस्या र जैविक प्रकोपमा सदैव तत्पर छ माउन्ट एभरेस्ट सेवा समाज नेपाल । माउन्ट एभरेस्ट सेवा समाज नेपालको अनुरोध बिश्व महामारीको रुपमा फैलीएको कोरोना (कोभिड–१९) को कारण नेपला सरकारले लकडाउनको घोषणा गरेको छ । तपाई हामी पनि सरकारले गरेको लकडाउनलाई समर्थन गरौँ ।

Last updated:2020 Apr 15 Wednesday 16:32:59

प्रतिक्रिया
सम्बन्धित समाचार