Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुर–खोटाङ जोड्ने कम्पु पुलको बीचमा काठको ढोका बनाएर तालाबन्दी

  • उपहार न्यूज
  • बुधबार, बैशाख ३ २०७७
उदयपुर–खोटाङ जोड्ने कम्पु पुलको बीचमा काठको ढोका बनाएर तालाबन्दी

देबराज राई- उदयपुर, बैशाख ३ ।
उदयपुर र खोटाङ जोड्ने झोलुङ्गे पुलमा काठको ढोका बनाई ताला लगाइएको छ । कोभिड–१९ को संक्रमीत व्यक्ति प्रवेश गर्न सक्ने भन्दै खोटाङको बराहपोखरी गाउँपालिका ४ का स्थानीयहरुले सतर्कतास्वरुप पुलको बीच भागमा तालाबन्दी गरेका हुन् ।

‘दिनभर कडा निगरानी हुन्छ डर हुदैन’ बराहपोखरी गापा ४ का वडाध्यक्ष भुवलराज राईले भने, ‘रातको समय संक्रमित व्यक्तिहरु आवतजावत गर्ने समस्या देखिएपछि स्थानीयको सहयोगमा हामीले ताला लगाउने व्यवस्था गरेका हौँ ।’ वडाध्यक्ष राईका अनुसार सो पुलमा विशेषगरी उदयपुरको बेल्टार, गाईघाट–साउने हुदै सर्वसाधरण प्रवेश गर्ने गरेका छन् ।

रात पर्नसाथ ताला लाग्छ । बिहान ताला खुलेपछि अहेब सन्तोष आचार्यको नेतृत्वमा रहेको स्वास्थ्य टोलीले अत्यावश्यक कामका लागि आवतजावत गर्नेहरुलाई चेकजाँच गर्ने गरेको छ । स्वास्थ्य चेकजाँचमा खटिएका टोलीलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) समेत गाउँपालिकाबाट व्यवस्था गरिएको वडाध्यक्ष राईको भनाई छ । सुरक्षा निकाय नेपाल प्रहरीका असईको नेतृत्वमा रहेको टोली र हेल्थडेस्क कर्मचारीले पुल बिहान ७ः०० बजे खोल्ने र साँझ ७ः०० बजे बन्द गर्ने गरेका छन् ।

तीन जनालाई पहिलोपटक राखियो क्वारेन्टाईनमा

गाउँपालिकाभित्र कोरोना संक्रमणको खतरा हुन नदिन सजगता अपनाउदै आएको बराहपोखरी गापाले बैशाख २ गतेदेखि धर्तुङस्थित क्वारेन्टाईनमा ३ जनालई राखेको छ । उनीहरु पैदल यात्रा गर्दै राजधानी काठमाडौंबाट गाउँपालिका आइपुगेका हुन् । गाउँपालिकाको क्वारेन्टाईनमा पहिलोपटक राखिएका उनीहरु तीनैजना सोही गापाको वडा नम्बर २ सुन्तलेका स्थानीय हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार