Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

नेपाली कांग्रेसद्धारा त्रियुगा नगरपालिकालाई ६० क्विन्टल चामल

  • उपहार न्यूज
  • सोमबार, बैशाख १ २०७७
नेपाली कांग्रेसद्धारा त्रियुगा नगरपालिकालाई ६० क्विन्टल चामल

उपहार न्यूज
उदयपुर बैशाख १
नेपाली कांग्रेस त्रियुगा नगर समितिले राहत कोषमा संकलित रकमबाट त्रियुगा नगरपालिका उदयपुरलाई ६० क्विन्टल चामल सहयोग हस्ताणन्तरण गरेको छ । नेपाली कांग्रेस त्रियुगा नगर सभापती सरोजकुमार बस्नेतको संयोजकत्वमा गठित नगर स्तरीय राहात कोषले नेपाली कांग्रेसका नेता, कार्यकर्ता, सभेच्छुकहरु संग संकलन गरेको सहयोग रकमबाट नगरपालिकालाई ६० क्विन्टल चामल हस्ताणन्तरण गरेको हो । कोरोना भाइरसको संक्रमण फैलन नदिनको लागि सरकारले आव्हान गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गरे जिविका चलाउने मजदुर परिवारका लागि भन्दै राहत स्वरुप चामल हस्ताणतरन गरेको कांग्रेस नगर सभापती सरोजकुमार बस्नेतले जानकारी दिनु भयो । मुलुक विषयम परिस्तिथीबाट गुज्रेकाले सबै क्षेत्रबाट सहयोग संकलन गरी सरकारले बनाएको एकद्धार निति मार्फत सहयोग हस्ताणतरण गरिएको बस्नेतले बताउनु भयो ।
राहत बुझ्दै त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले त्रियुगा नगरपालिकालाई सहयोग गर्ने पहिलो राजनैतिक दल नेपाली कांग्रेस भएकाले यस्तो परिस्तिथीमा सहयोग प्रति नगरपालिका आभारी रहेको बताउनु भयो । त्रियुगा नगरपालिकामा राहात सहयोग गर्ने नेपाली कांग्रेस पहिलो राजनैतिक पार्टी भएको छ, राहत हस्ताणतरन नेपाली कांग्रेस नगर सभापती सरोजकुमार बस्नेत र सचिव सुमन चौधरीले संयुक्त रुपमा नगर प्रमुख वलदेव चौधरी र उपप्रमुख देवीकुमारी चौधरीलाई गर्नु भएको थियो ।
त्रियुगा नगरपालिकालाई विभिन्न व्यक्तिहरुले पनि सहयोग गरीरहेकाले यसबाट नगर क्षेत्रमा दैनिक ज्यालादारी गर्ने परिवारलाई राहत पुग्ने नगर उपप्रमुख देवीकुमारी चौधरीले बताउनु भयो । नगरपालिकाले हाल सम्म गरेको कामको विवरण प्रस्तुत गर्न बैशाख ३ गते पत्रकार सम्मेलन आयोजना गर्ने कार्यक्रम राखिने नगर प्रमुख वलदेव चौधरीले बताउनु भयो ।

Last updated:2020 Apr 13 Monday 06:21:31

प्रतिक्रिया
सम्बन्धित समाचार