Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

चौदण्डिगढिमा १४ हजार बढिलाई राहत, जनप्रतिनिधिको १ महिनाको सुविधा प्रकोप कोषमा

  • उपहार न्यूज
  • शनिबार, चैत्र २९ २०७६
चौदण्डिगढिमा १४ हजार बढिलाई राहत, जनप्रतिनिधिको १ महिनाको सुविधा प्रकोप कोषमा
smart

जयन्तीकला तामाङ
उदयपुर चैत २९
उदयपुरको चौदण्डिगढि नगरपालिकाले कोरोना भाईरसका कारण लकडाउन प्रभावित नगर क्षेत्रका चौध हजार एक सय पाँच विपन्नलाई खाद्यन्न राहात प्रदान गरेको छ । चैत ११ गते देखि सुरु भएको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्ने र असंगठित क्षेत्रमा कार्यरत मजदुरहरुका लागि भन्दै नगर क्षेत्रका तीन हजार तीन सय २२ घरधुरीका चौध हजार, एक सय पाँच जनालाई राहात वितरण गरेको हो ।
नगरपालिकाले चैत १६ गते कार्यपालिका बैठकबाट नगरपालिकाको कोषबाट ७० लाख रुपैया विनियोजन गरेर जनतालाई राहात वितरण गरेको चौदण्डिगढि नगरपालिका उदयपुरका प्रमुख खगेन्द्रकुमार राईले जानकारी दिनु भयो । चौदण्डिगढि नगरपालिकाले हाल सम्म कोरोना भाईरसको संक्रमणलाई फैलन नदिनका लागि संचालन गरेको गतिविधिको बिषयमा जानकारी दिन शनिवार विहान आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाले सो बिषयमा जानकारी गराएको हो । यसै विच नगरकार्यपालिकाको शुक्रबार सम्पन्न बैठकले नगरपालिका प्रमुख, उप प्रमुख, वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुको एक महिना बराबरको पारिश्रामिक तथा वडा सदस्यहरुको १५ दिनको पारिश्रामिक नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको जनाएको छ ।
चौदण्डिगढि नगरपालिकाले हाल सम्म संचालन गरेको कार्यको विवरण सार्वजनिक गर्दै नगरपालिकाका प्रवक्ता तथा चौदण्डिगढि नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रामकुमार खड्काले हाल सम्म नगरपालिका क्षेत्र भित्र ८ आइसोलेशन र ३५ क्वारेन्टाइन स्थापना गरिएको जानकारी दिनु भयो ।
हाल सम्मको विवरण सार्वजनिक गर्दै नगरपालिकाले नगर क्षेत्रका विभिन्न स्थानमा हेल्प डेक्स स्थापना, साबुन पानीले हात धुने व्यवस्थापन, स्वास्थ्यकर्मीहरुको लागि ६५ सेट पिपिई खरिद गरेर २० पूर्ण सेट र १५ अर्ध सेट वितरण गरेको जनाएको छ । नगरपालिकाका क्षेत्रमा हाल सम्म ४९ जना वैदेशिक रोजगारीबाट फर्कि आएको विवरण प्राप्त भएको र सो मध्य १ जनालाई आर्यसोलेशन, ६ जनालाई क्वारेन्टाइन र ४२ जनालाई होम क्वारेन्टाइनमा राखिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले संघिय सरकारले निर्माण गरेको राहात कार्यविधि र स्थानिय स्तरमा नगरपालिकाले निर्माण गरेको कार्यविधिको आधारमा नगर क्षेत्रका विपन्न नागरिकहरुलाई राहात वितरण गरिएको नगर प्रमुख राईले जानकारी दिनु भयो । चौदण्डिगढि नगरपालिकाले संक्रमणलाई थप फैलन नदिनको लागि स्वास्थ्य संस्थाहरुलाई उच्च सतकर्ताका साथ तयारी अबस्थामा राखिएको जनाएको छ । नगर क्षेत्रबाट संचालन हुने एम्बुलेन्स र चालकलाई समेत विशेष प्रोत्साहानका साथ उच्च स्वास्थ्य सामाग्रीका साथ तयारी अबस्थमा राखिएको जनाएको छ । नगरपालिकाले स्वास्थ्य संस्थामा आउने नागरिक, स्वास्थ्यकर्मी सुरक्षाकर्मीहरुलाई माक्स, सेनिटाइजर, पन्जा लगायतका सामाग्रीहरु समेत प्रदान गर्ने गरेको जनाएको छ । नगर क्षेत्रका नागरिकहरुलाई यस्तो परिस्तिथीमा सुरक्षित भएर बस्नको लागि नगर प्रमुख राईले अनुरोधन समेत गर्नु भयो ।

Last updated:2020 Apr 11 Saturday 10:47:59

प्रतिक्रिया
सम्बन्धित समाचार