
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
उपाहार न्यूज
उदयपुर चैत २३
संचार उद्यमी तथा व्यवसायी त्रियुगा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश रसाईलीले उदयपुरका पत्रकारहरुको सुरक्षाको लागि आवश्यक सामाग्री वितरण गरेका छन् । महामारीको अवश्थामा जोखिम मोलेर पनि जनतालाई सूचना प्रवाह गरेको भन्दै त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटका वरिष्ठ उपाध्यक्ष रमेश रसाईली नेपाल पत्रकार महासंघ उदयपुर शाखामार्फत स्वास्थ्य सुरक्षा सेनिटाइजर र मास्क उपलब्ध गराएका हुन् । रसाईली उदयपुरबाट संचालन हुने उपाहार एफ.एम ९५.४ मेघाहर्जका संचालक समितिका सदस्य तथा रुज्वल ज्वेलर्सका संचालक हुन, त्रियुगा उद्योगा वाणिज्य संघमा बरिष्ठ उपाध्यक्ष रमेत रहेका रसाईलीले सो अवसरमा प्रतिकुलु अवश्थामा ज्यानको जोखिम मोलेर निरन्तर जनतालाई सूचना प्रवाह गरेकोमा धन्यवाद ज्ञापन गर्दै आफ्नो स्वास्थ्य ख्याल गर्नसमेत आग्रह गरे । ‘दिनरात नभनी अहोरात्र खटिनु भएको छ,’ उनले भने, ‘सञ्चारकर्मी नै सुरक्षित रहेन भने जनताले सहि सूचना पाउदैँनन्, त्यसैले सुरक्षार्थ सानो सहयोग गरेको हँु ।’
सामग्री बुझ्दै महासंघका अध्यक्ष भरत खड्काले उपलब्ध सामग्री फिल्डमा खटिने सबै क्रियाशिल पत्रकारहरुलाई उपलब्ध गराईने बताए । उनले संकटको बेलामा पत्रकारले आफ्नो ज्यानको वाजी लगाएर जनतालाई सूचना प्रवाह गर्दासमेत राज्यले चासो नदिएकोमा चिन्ता व्यक्त गरे ।
‘यो बेला खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी सबैलाई राज्यले प्रोत्साहन भत्ता उपलब्ध गराउने घोषणा गरेको छ,’ अध्यक्ष खड्काले भने, ‘तर त्यहीँ सूचना जनतासम्म पुर्याउने पत्रकारलाई न सुरक्षा कवज न प्रोत्साहन नै गरेको छ ।’‘यस्तो अवश्थामा पत्रकारको स्वास्थ्य सुरक्षामा राज्यले नै चासो दिनु पर्ने हो,’ उनले भने, ‘तर त्यो हुन सकेन, जुन हामी सबैका लागि दुर्भाग्य हो, राज्यले यतिसम्म विभेद गर्नु हुन्न ।’ सुरक्षा कवज उपलब्ध गराएकोमा उपाध्यक्ष रसाईलीलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्ष खड्काले भने, ‘कठिन परिस्थितिमा पनि जनताको सूचना पाउने अधिकारलाई निरन्तर जारी राखिने छ ।’
यस्तै व्यवसायी रसाईलीले त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा रहेको २५ वटा क्वारेन्टाइनको लागि २५ हजार बराबरको तन्ना, सिरानी, म्याटको व्यवस्था गरिदिएको छ भने खाना खानको लागि गिलास, चम्चा र प्लेट गरी चार सय सेट उपलब्ध गराएको थियो । जनताको सुरक्षार्थ खटिएका प्रहरीहरुका लागि २८ हजार बराबरको सेनिट्राइजर र एक बक्स पञ्जा समेत वितरण गरेको छ ।