उपाहार न्यूज
उदयपुर चैत १९
कोभिड १९ कोरोना भाईरसको संक्रमणलाई फैलन नदिन सरकारले आव्हान गरेको लक डाउनका कारण दैनिक ज्यालादारी गर्ने मजदुर तथा विपन्न परिवारलाई राहत दिन त्रियुगा नगरपालिकाले संचालन गरेको राहत कोषमा सहयोग दिने क्रम बढेको छ ।
विभिन्न क्षेत्रका सामाजिक संघ संस्था, व्यक्ति तथा व्यवसायीहरुले सहयोग गर्ने क्रममा गाईघाट स्थित उदयपुर बोर्डिङले पनि राहत कोषमा सहयोग हस्ताणतरन गरेको छ । नगरपालिका मार्फत नगर क्षेत्रका विभिन्न स्थानमा राहात वितरण गरिएको जानकारी प्राप्त भए पछि नगरपालिकाको कोषमा २० हजार सहयोग गरिएको विद्यालयका संचालक तारा संग्रौला रिजालले जानकारी दिनु भयो ।
आपत्ती विपत्तीमा सबैको सहयोग भए खाद्यन्न संकट नआउने भन्दै सहयोग गरेको विद्यालयले जनाएको छ, हाल अमेरिकामा रहेका विद्यालयका संस्थापक खडानन्द रिजाल आफ्नो परिवार र विद्यालयको तर्फबाट सहयो गरिएको बताउनु भयो । उहाँले यस्तो विषम परिस्तिथीमा स्थानिय तह संग समन्वय गरेर सहयोग गर्न पाउदा खुसी व्यक्त गर्नु भयो । उहाँले कोरोना भाईरसका कारण यतिवेला विश्वनै संकटमा परेकाले नेपालमा पनि उच्च सतकर्ता अपनाउनुको विकल्प नरहेको बताउनु भयो ।