Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

लिम्चुङबुङ गाउँपालिकामा उच्च सतकर्ता

  • उपहार न्यूज
  • शुक्रबार, चैत्र १४ २०७६
लिम्चुङबुङ गाउँपालिकामा उच्च सतकर्ता

उपहार न्यूज
उदयपुर चैत १४
उदयपुरको विकट पाहाडि गाउपालिका लिम्चुङबुङ गाउँपालिकाले कोभिड १९ कोरोना भाईरसको संक्रणम फैलिन नदिनको लागि उच्च सतकर्ता अपनाएको छ । गाउँपालिकाको हिजो बसेको कार्यपालिकाको निर्णय सार्वजनिक गर्दै गाउँपालिका प्रमुख मेजरकुमार राईले गाउँपालिका क्षेत्रमा नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै उच्च सतकर्ता अपनाउने निर्णय गरिएको बताउनु भएको छ ।
गाउँपालिकाले पालिकाको वडा नम्बर ३ स्थित महेन्द्र मावि मा २० सैयाको करेनटाइन स्थापना गर्ने भएको छ, यता पालिका भित्र प्रवेशलाई रोक लगाउने पालिकाका विभिन्न चार स्थानमा हेल्प डेस्क स्थापना गरिएको छ । गाउँपालिकाको वडा नम्बर ३ को माझखर्क, १ वतासघाटे, ५ चनौटे र ५ बुइखा भञ्ज्याङमा हेल्प डेक्स स्थापना गरिएको छ । गाउँपालिका भित्रका सम्पूर्ण होटल, पसल लगायत भिड जम्मा हुने स्थानहरुमा भिड जम्मा नहुनका लागि पालिकाले स्थानिय नागरिकहरुलाई आग्रह समेत गरिएको छ । १५ दिन यता भारत लगायतका विभिन्न मुलुकहरुबाट पालिका भित्रएका व्यक्तिहरुको तथ्यांक संकलन गरी जिल्ला प्रशासन कार्यालय उदयपुरमा अध्यावधि गराउने काम समेत पालिकाले गर्ने पालिका अध्यक्ष मेजरकुमार राईले बताउनु भयो ।

Last updated:2020 Mar 27 Friday 06:55:14

प्रतिक्रिया
सम्बन्धित समाचार