उपहार न्यूज
झापा फागुन २३
स्थानिय महिला संचारकर्मीहरुले स्थापना गर्न लागेको नारी सञ्चार प्रोत्साहन अक्षयोष निर्माणका लागि नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनकी केन्द्रिय सदस्य कविता कार्की कडरियाले सहयोग गरेकी छिन् ।
११० औँ अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर नारी सञ्चार गृह झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषका लागि सहयोग रकम हस्तान्तरण गरेकी छन् ।
बिर्तामोड–५ निवासी कडरियाले कोषका लागि दश हजार एकसय पाँच रुपैयाँ मेची आँखा अस्पतालमा नारी सञ्चार गृहका उपाध्यक्ष तथा अक्षयकोष बृद्धि तथा परिचालन समितिका संयोजक भिमा शिवाकोटीसहित संस्थाका पदाधिकारीलाई सहयोग रकम हस्तान्तरण गरेकी हुन् ।
रकम हस्तान्तरण गर्दै आँखा अस्पतालको आउटरिच अफिसर रहेकी कडरियाले फराकिलो सोच राखेर महिला सञ्चारकर्मीले स्थापना गरेको संस्थालाई सहयोग गर्न पाउँदा खुशी लागेको बताइन् ।
मेती आँखा अस्पतालमा कार्यरत कविता आफ्नो काम संगै सामाजिक काममा समेत उल्लेख्य योग्दान पु¥याउदै आएकी छिन् । विभिन्न निकायहरु संगको समन्वयमा अस्पतालले संचालन गर्ने निःशुल्क आँखा सिविर संचालनका लागि उनी पूर्वी नेपालका विभिन्न जिल्लाका ग्रामीण क्षेत्रहरुमा पुगेर सेवा दिदै आएकी छिन् ।

निःशुल्क आँखा शिविरमा सेवाग्राहिको आँखा जाँच गर्दै कविता कार्की कडरीया
सहयोग हस्ताणतरन कार्यक्रमको अवसरमा आँखा अस्पतालका प्रशासन प्रमुख सुरज रौनियारले सञ्चार गृहले दीर्घकालिन सोच राखेर कोष स्थापना गरेकोमा धन्यवाद दिँदै आफ्नो साथ सहयोग रहने बताइन् ।
संस्थाको लक्ष्य प्राप्तिका लागि कडरियाले गरेको सहयोगप्रति सञ्चार गृहका उपाध्यक्ष शिवाकोटीले धन्यवादसहित आभार व्यक्त गरेकी थिइन् । संस्थाले बहुउद्देश्यीय लक्ष्य राखेर २५ लाखको अक्षयकोष स्थापना गर्न शुरु गरेको कोषमा १० लाख भन्दाबढी रकम संकलन भइसकेको उनले जानकारी दिइन् ।
कार्यक्रममा नारी सञ्चार गृहकी सचिव रेजिना गौतम, सहसचिव स्वस्तिका आचार्य, कोषाध्यक्ष शुशिला संग्रौला लगायतको उपस्थिति रहेको थियो ।
कविता नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनकी प्रदेश नम्बर १ का संयोजक तथा मेची अञ्चल आँखा अस्पतालका अध्यक्ष समेत हुन् । नेपाल नेत्र साहयक परिवारकी केन्द्रिय सदस्य समेत रहेकी कार्की कर्मचारी तथा श्रमिकहरुको हकहितको अधिकारको लागि आफ्नो आवाज उठाउदै आएकी महिला नेतृ समेत हुन् ।