Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

पोखरामा ३.८ रेक्टर भूकम्पको धक्का

  • उपहार न्यूज
  • शुक्रबार, पुष १८ २०७६
पोखरामा ३.८ रेक्टर भूकम्पको धक्का
Earthquake frequency wave graph, seismic activity. Vector abstract scientific background. Diagram seismograph, vibration amplitude illustration, can be used for business, science presentation

कास्की । पोखरामा भूकम्पको धक्का महशुस गरिएको छ। राति करिब १० बजे भुकम्पको धक्का महशुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले कास्कीको घाचोक आसपास केन्द्रबिन्दु भएर ९ बजेर ५३ मिनेटमा ३.८ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ। मानिसहरुले भूकम्प गएको महशुस गरेको समाजिक सञ्जालमा लेखेका छन्।

एजेन्सी । इरानमा बिहीबार बिहानै ५.८ म्याग्नीच्युडको भूकम्प गएको छ । देशको उत्तर पूर्वी क्षेत्रमा पर्ने खोरासन राजाभी प्रान्तमा भूकम्प गएको अधिकारीहरुले जनाएका छन् ।इरानी भू–गर्भ विभागका अधिकारीहरुले दिएको जानकारीअनुसार साङगान सहरमा केन्द्र विन्दु भएर भूकम्प आएको हो । भूकम्पका कारण मानवीय सपत्ति क्षतिको कुनै विवरण अहिलेसम्म प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् । –सिन्ह्वा विष्णु नेपाल/सुरेन्द्र भण्डारी

विर्तामोड । ‘कुनै अप्ठ्यारो महशुस भएमा विस्तारै हात उठाउनुहोला । हामी बाहिर हुन्छौँ । केही हुँदैन । न आत्तिनु ।’ डा.वीरेन्द्र यादवले स्वचालित स्टेचरमाथि सुतेका पदम मिश्रलाई सम्झाए ।विर्तामोड– ८ गरामुनिका २९ वर्षीय मिश्रले बरर आँखाबाट आँशु झारे । ‘म यहीँ छु । मेरो त घाँटी नै काटिएको थियो । मलाई एकपटक हेर त ?’ समाजसेवी दुर्गा प्रसाईंले उनलाई आँशु पुछिदिँदै थप सान्त्वना दिए ।

युवापुस्ताका चर्चित क्यान्सररोग विशेषज्ञ डा यादवका अनुसार मिश्रलाई ठूलो आन्द्रामा क्यान्सर पुष्टि भएको थियो । क्यान्सरका सेललाई नष्ट गर्न पहिलो पटक ‘रेडियोथेरापी’ दिइँदै थियो । उनलाई ‘ट्र्युब विन लाइनर एक्सिलेटर’ अत्यधुनिक उपकरणमार्फत रेडियसन दिएको थियो ।अमेरिकामा निर्मित अत्याधुनिक सो उपकरण संसारका उत्कृष्ट कहलिएका अस्पतालले प्रयोगमा ल्याएका छन् ।

‘रेडियसन दिने पछिल्लो पुस्ताको आधुनिक उपकरण जुनदेशमा गए पनि उही हो’, डा यादवले भने । भारतको मेदान्त क्यान्सर अस्पताल छाडेर केही गरौँ भन्ने भावनाका साथ उनी स्वदेश फर्किएका थिए । पूर्वाञ्चलमा क्यान्सर अस्पताल स्थापना गर्ने अभियानमा जोडेका थिए ।

Last updated:2020 Jan 03 Friday 04:08:15

प्रतिक्रिया
सम्बन्धित समाचार