Upahar News मंगलबार, साउन १२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

कर्मचारीको भत्ता काट्ने मन्त्रालयको हात काटिन्छ : श्रवण कुमार यादव

  • उपहार न्यूज
  • बुधबार, पुष १६ २०७६
कर्मचारीको भत्ता काट्ने मन्त्रालयको हात काटिन्छ : श्रवण कुमार यादव

नेपाल नागरिक उड्डयन प्राधिकरणमा रहेको आधिकारिक ट्रेड युनियनका अध्यक्ष श्रवण कुमार यादवले कर्मचारीको भत्ता काट्ने मन्त्रालयको कर्मचारीको हात काटिदिने चेतावनी दिएका छन्।

प्राधिकरणको २१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले मन्त्रालयका कर्मचारीहरुप्रति लक्षित गर्दै भत्ता काट्नेको हात काटिदिने चेतावनी दिएका हुन्।

प्राधिकरण टुक्राएर नियमक र सेवाप्रदायक छुट्याउने ऐनको बारेमा लामो समय विरोध गरेका उनले मन्त्रालयमा बसेर प्राधिकरणका कर्मचारीको सेवा सुविधामाथि खेलावाड भइरहेको बताए।

‘अहिले मन्त्री ज्यूले भन्नुभएको छ कि संस्था टुक्रिएपनि सेवा सुविधा कम हुँदैन। तर तपाई कति दिन मन्त्री हुनुहुन्छ? यो संसारमा । हामीले देखेका छौ कि मन्त्रालयमा बस्ने सरहरुले हामीमाथि कति अन्याय गर्नुभएको छ। अर्थमन्त्रालयले स्वीकृत गरेको भत्ता पनि काट्न खोजिएको छ। तपाईहरुलाई हाम्रव चुनौति भयो कि भत्ता जसले काट्छ उसको हात काटिन्छ’ उनले भने।

सरकारले प्राधिकरणलाई टुक्राएर नियमक र सेवाप्रदायक बनाउने कानून बनाउनका लागि मन्त्रिपरिषदमा पठाएको छ। त्यसैको विरोधमा त्यहाँ कार्यरत कर्मचारीहरु आन्दोलनरत छन्।

उनीहरुले प्राधिकरण कुनै पनि हालतमा टुक्र्याउन नपाइने बताउँदै आएका छन् ।

नेपालका विमानस्थलहरु निजीकरण गर्ने प्रपञ्चबाट यो कानून बन्न लागेकाले आन्दोलन सुरु भएको र कानून निर्माणको काम नरोकिएसम्म आन्दोलन जारी हुने यादवले चेतावनी दिए।

‘विमानस्थल निजीकरण गर्ने प्रपञ्च रचिएको छ। यदि यसो भयो भने यहाँ आन्दोलनको आगो बल्छ। हामी आन्दोलन गर्छौ।हामी खण्डिकरणका विरुद्धमा छौ। हाम्रो आन्दोलन त्यसपछिमात्र रोकिन्छ जब यो रोकिन्छ। यहाँ क्यान टुक्रिएपछि भोलिदेखि नै सेफ्टी सुधार हुने हल्ला चालइएको छ। तर तथ्यहरुले के भन्छन् भने विश्वका कतिपय देशमा एउटै भएका देशमा पनि सेफ्टी हाम्रोभन्दा कमजोर छ’ उनले भने।

उक्त कार्यक्रममा बोल्दै संस्कृत पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भने बन्द हडताल तथा आन्दोलनमा नजान चेतावनी दिए। यदि हिम्मत र क्षमता भए आफुलाई तर्कबाट कन्भिन्स गर्न उनले आग्रह गरे।

‘बन्द हडताल तथा आन्दोलन अब इतिहास भयो। यो बाटोमा कोही जान हुँदैन। यदि त्यसो कसैले गरेमा उसैका लागि घातक हुने छ। तपाईहरुभन्दा बन्द हडताल त मैले नै बढी गरेको छु। यस्ता कुराबाट म कन्भिन्नस हुन्न। यदि सक्नुहुन्छ भने मलाई तर्कले कन्भिन्स गर्नुहोस। नत्र भने लोकतन्त्रमा असहमत अधिकार पनि हुन्छ भनेर स्वीकार गर्नुहोसु’ मन्त्री भट्टराईले भने।

समयको आवस्यकता र विश्व समुदायप्रतिको दायित्वका कारण सरकारले कानून बनाउने र त्यो सार्वभौम सांसदले पारित गर्ने भएकाले कर्मचारीको विरोधले कुनै अर्थ नराख्ने भट्टराईको भनाइ थियो।

कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले कर्मचारीहरुलाई काममा ध्यान दिन आग्रह गरे। अनेक विदेशका उदाहरण दिएर आफै प्रश्न बनाउने आफै परीक्षा दिने प्रणालीको वकालत नगर्न सुझाव पनि दिए।

‘२० वर्ष भयो प्राधिकरण स्थापना भएको । यो बीचमा के हेरेर बसेको। आजसम्म विमानस्थल आफैले बजारीकरण कति गर्‍यो? कुन एयरलाइन्सलाई नेपाल भित्र्यायो? काम चाहि नगर्ने अनि गफ दिएर अरुलाई होच्याउने? तपाइहरुलाई लाज लाग्दैन?’ अधिकारीले भने। सेतोपाटि

Last updated:2020 Jan 01 Wednesday 03:19:34

प्रतिक्रिया
सम्बन्धित समाचार