Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

सडक दुर्घटनामा १९ को ज्यान गएपछि हुम्लामा ट्राफिक प्रहरी पुगे

  • उपहार न्यूज
  • बुधबार, पुष १६ २०७६
सडक दुर्घटनामा १९ को ज्यान गएपछि हुम्लामा ट्राफिक प्रहरी पुगे

सिमकोट, पुस १६ ।  राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक ट्राफिक प्रहरी पुगेको छ ।

राष्ट्रिय सडक सञ्जालसँग नजोडिँदै बोलेरो, टिपर, ट्र्याक्टरलगायतका दुर्घटनामा १९ जनाले ज्यान गुमाएपछि जिल्लामा पहिलो पटक ट्राफिक प्रहरी आएको हो ।
जिल्लाभित्रका विभिन्न क्षेत्रमा चल्ने सवारीसाधन दुर्घटनामा परी ज्यान गुमाउनेको क्रम बढेपछि ट्राफिक प्रहरीको आवश्यकता परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

एक प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १० जना ट्राफिक प्रहरी रहने जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको ।
कार्यालयका अनुसार नयाँ ट्राफिक दरबन्दी स्वीकृत भएको छ र केही दिनभित्रै ट्राफिक कार्यालयसमेत स्थापना हुनेछ ।

बजारमा कार्यालयका लागि भाडामा भवन खोजेको र नपाउँदासम्म जिल्ला प्रहरी कार्यालयभित्रै छुट्टै कार्यालय स्थापना हुने जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले बताए।

उनका अनुसार दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय स्थापना हुन लागेको हो ।

Last updated:2020 Jan 01 Wednesday 02:58:48

प्रतिक्रिया
सम्बन्धित समाचार