Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

१० रुपैयाँमा पेटभरी खाना खान पाइन्छ बिराटनगरमा

  • उपहार न्यूज
  • सोमबार, पुष १४ २०७६
१० रुपैयाँमा पेटभरी खाना खान पाइन्छ बिराटनगरमा

मोरङ आजकाल सय रुपैयाँ घटी कतै खाना खान पाइँदैन । महँगी उच्च रहेको यो समयमा १० रुपैयाँमा पेटभरि खाना खान पाइन्छ भन्दा तपाईंलाई अचम्म लाग्यो होला ।

हो, यो वास्तविकता विराटनगरस्थित काली मन्दिर अगाडिको हो । यहाँका केही समाजसेवी व्यापारीहरुले तीन दिनदेखि दैनिक ८ सय जनालाई १० रुपैयाँमा पेटभरि खाना खुवाइरहेका छन् ।

उनीहरुले गत शुक्रबार ८ सय जनालाई बासमती चामलको भात र राजमाको तरकारी खुवाए ।स्थानीय समाजसेवी दिलिप धाडेबाल, दिपक पौडेल, नन्द तापडिया, आमोद कुईंकेल, मनोज भगत, पवन अग्रवाल र मोहन भगतले १० रुपैयाँमा पेटभरि र २० रुपैयाँमा घर प्याक खाना खुवाइरहेका हुन्।

Last updated:2019 Dec 30 Monday 05:55:18

प्रतिक्रिया
सम्बन्धित समाचार