Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

बाहिनीपती ट्रफि २०८२ सुरु, तीन जिल्लामा ८ खेलमा प्रतिस्पर्धा हुदै

  • उपहार न्यूज
  • शुक्रबार, बैशाख ५ २०८२
बाहिनीपती ट्रफि २०८२ सुरु, तीन जिल्लामा ८ खेलमा प्रतिस्पर्धा हुदै

सन्तोषकला तामाङ
उदयपुर बैशाख ५
नेपाली सेनाको १८ नम्बर बाहिनीको आयोजनामा शुक्रबारबाट बाहिनीपति ट्रफि २०८२ प्रतियोगीता सुरु भएको छ । सेनाको १८ नम्बर बाहिनी भुल्केमा शुक्रबारबाट सुरु प्रतियोगीताको एक कार्यक्रमका विच बाहिनीपति गौरब गुरुङले उद्घाटन गर्नु भएको छ । आगामी बैशाख १५ गते सम्म संचालन हुने प्रतियोगीतामा १८ नम्बर बाहिनी अन्तर्गत रहेको रणभिम गण खोटाङ, दुर्गावक्स गण ओखलढुंगा र पशुपती प्रसाद गण उदयपुरले विभिन्न ८ प्रतियोगीतामा प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगीतको उद्घाटनको क्रममा रणभिम गण र दुर्गावक्स गणले फुटवल प्रतियोगीतामा प्रतिस्पर्धा गरेका छन् । प्रतियोगीतामा फुटवल, भलिवल, बास्केटवल समुह तर्फ लिग चरणमा प्रतिस्पर्धा गराईने छ । यता तेक्वान्दो, वक्सिङ, जुडो, पौडी र एथलेटिक्स व्यक्तिगत नकआउट चरणमा प्रतिस्पर्धा गराईने १८ नम्बर बाहिनीका सेनानी सुर्य बहादुर बिष्टले जानकारी दिनु भयो ।
प्रतियोगीताको उद्घाटनमा अखिल नेपाल फुटवल संघका महासचिव किरण राईले वाहिनीपती गौरब गुरुङलाई फुटवल तथा जर्सी हस्ताणतरन गर्नु भएको थियो । त्रियुगा नगर उपप्रमुख महेश्वरी राईले खेलको उद्घाटन गर्दै रेफ्रीलाई वल प्रदान गर्नु भएको थियो । प्रतियोगीता अन्तर्गत १८ नम्बर बाहिनीमा फुटवल त्यसैगरी पशुपती प्रसाद गणमा एथलेटिक्स र पौडि खोटाङमा बास्केबल, तेक्वान्दो र जुुडो तथा ओखलढुंगामा भलिवल र बक्सीङ प्रतियोगीता आयोजना हुनेछ । प्रतियोगीतामा समग्ररुपमा धेरै पदक जित्ने समुहले बाहिनीपति ट्रफि प्राप्त गर्ने छन् ।

 

Last updated:2025 Jun 16 Monday 14:40:10

प्रतिक्रिया
सम्बन्धित समाचार