Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

लिम्चुङबुङ स्थापना दिवश, कवर्ड हल उद्घाटन व्याडमिन्टन र टेवल टेनिस प्रतिस्पर्धा

  • उपहार न्यूज
  • बुधबार, फाल्गुन १४ २०८१
लिम्चुङबुङ स्थापना दिवश, कवर्ड हल उद्घाटन व्याडमिन्टन र टेवल टेनिस प्रतिस्पर्धा

उपहार न्यूज
बाराह फागुन १४
उदयपुरको लिम्चुङबुङ गाउँपालिका नामरणको ७ औ बर्ष प्रवेशको अबसरमा विविध कार्यक्रम सहित लिम्चुङबुङ स्थापना दिवश मनाईएको छ । तत्कालिन सुनकोसी गाउँपालिका नामकरणलाई स्थानिय सरकार गठन संगै लिम्चुङबुङ गाउ सभा मार्फत नामकरण गरिएको ७ औ बर्ष पुरा भएको अबसरमा गाउँपालिकामा निर्मित व्याडमिन्टन कवर्ड हलको उद्घाटन गर्दै मनाईएको हो ।
कवर्डहलको उद्घाटन एक कार्यक्रका विच जिल्ला व्याडमिन्टन संघका अध्यक्ष किसन राईले गर्नु भएको थियो । गाउँपालिका अध्यक्ष मेजरकुमार राई, उपाध्यक्ष पुष्पलाल राई, प्रमुख प्रशासकीय अधिकृत ताराकिरण राई, पत्रकार महासंघ उदयपुरका सल्लाहकार भोटराज राई, उपाध्यक्ष विश्वराज तामाङ, सहसचिव देवराज राई, व्याडमिन्टन संघका पूर्व केन्द्रिय उपाध्यक्ष रमेश तुलाचन लगायतको उपस्थिती रहेको थियो ।
लिम्चुङबुङ डे को अबसरमा कवर्ड हल उद्घाटन संगै पालिकाका कर्मचारी विचमा व्याडमिन्टन तथा टेवलटेनिस प्रतियोगीता समेत आयोजना गरिएको थियो । प्रतियोगीताको पुरुष तर्फ अमिन राई र गगन राईको जोडी प्रथम, विपन राई र हेमन्त राईको जोडी दोस्रो तथा ताकिरण राई र दिलिप कुमार चौधरीको टोलीले तेस्रो स्थान हासिल गर्न सफल भएको थियो ।
त्यसैगरी महिला तर्फ मनिषा राई र गीता विष्टको जोडी प्रथम, ममता कुमारी ठकरी र तुलसा बोहाराको टोलीले दोस्रो तथा रुपा राई र सरिता राईको टोलीले तेस्रो स्थान हासिल गर्न सफल भएका थिए । यसै गरी टेवल टेनिस तर्फ सोमित कामत प्रथम, तारा किरण राई दोस्रो तथा ढक बहादुर राईले तेस्रो स्थान हासिल गर्न सफल भएका थिए । प्रतियोगीतामा विजयी प्रतिस्पर्धीहरुलाई गाउँपालिका अध्यक्ष मेजकुमार राई उपाध्यक्ष पुष्पलाल राईले पुरस्कार वितरण गर्नु भएको थियो । खेलकुदको माध्यमबाट स्वस्थ नागरिक उत्पान तथा खेल पर्यटन मार्फत गाउँपालिकाको विकासको लागि गाउँपालिकाले खेलकुद क्षेत्रमा समेत लगानी गर्दै आएको र यसलाई निरन्तरता दिईने गाउँपालिका अध्यक्ष मेजरकुमार राईले बताउनु भयो ।



Last updated:2025 Feb 26 Wednesday 12:42:29

प्रतिक्रिया
सम्बन्धित समाचार