Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

शिक्षक लाई “म अघि बढछु” अभियानको अभिमुखिकरण

  • उपहार न्यूज
  • शनिबार, भाद्र २१ २०७६
शिक्षक लाई “म अघि बढछु” अभियानको अभिमुखिकरण

उपहार न्युज
उदयपुर, भाद्र २१ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेश नं १ द्वारासंचालित “म अघि बढछु” कार्यक्रमकोलागि उदयपुर जिल्लामा रहेको १३५ बिद्यालय मध्ये ११२ वटा माध्यमिक बिद्यालयका शिक्षक नायकहरुको १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
अब उदयपुर जिल्लाका सबै सामुदायिक र संस्थागत माध्यामिक बिध्यालयमा म अघि बढ्छु कार्यक्रम अन्तर्गत सगरमाथा टिन्स क्लब गठन संग कक्षा ९ देखि १२ सम्म अध्यन गर्ने १३ बर्ष देखि १९ बर्ष सम्मको किशोर किशोरीहरूलाई सबल, सक्षम, नैतिकवान, सभ्य बनाउने प्रदेश सरकारको अभियानमुलक बहुबर्सेयि कार्यक्रमको सुरु गरिएको छ ।
अभिमुखिकरणमा सशस्त्र प्रहरी उपरीक्षक गार्धनले बिपद् सम्बन्धि सचेत गराउनु भयो । जिल्ला प्रहरी निरिक्षक ज्ञान माझिले लागू औषध प्रयोग हुनबाट सचेत हुनु पर्ने बताउनु भयो । जिल्लाका मुख्य प्रशिक्षक तुलसी चौलागाईले म अघि बढ्छु कार्यक्रमलाई अझ थप टेवा प¥याउने तालीमको आवश्यकता रहने बताउनुभयो यता त्रियुगा नगरपालिका शिक्षा स्रोत व्यक्ति धर्मानन्द खतिवडाले बिध्यालयहरुको बार्षिक कार्य योजनाहरुको सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रम प्रमुख जिल्ला अधिकारि ध्रुब बहादुर खड्को अध्यक्षतामा प्रदेश सभा सदस्य माननीय बिमल कार्र्कीको प्रमुख आतिथ्यता भएको हो ।

कार्यक्रममा प्रदेश सभा सदस्य अम्बिका थापा, सुनिता चौधरी, म अघि बढ्छु कार्यक्रमका प्रदेश संयोजक नबराज राई, शिक्षा एकाई समन्वय उदयपुरका प्रमुख केदार गिरि, नेकपा प्रतिनिधि पर्मेश्वर घिमिरे, नेपाली कांग्रेस प्रतिनिधि बृख बहादुर तामाङ, जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक बीरबहादुर बुढा मगर, सशस्त्र प्रहरी उपरिक्षक गाहरधन राई,पत्रकार महासंघ अध्यक्ष भरत खड्का, रेडक्रसका सुवास श्रेष्ठ, त्रियुगा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश रसाईलि, प्रेस युनियन जिल्ला अध्यक्ष पर्शुराम थापा र खगेन्द्र पोखरेल लगाएतको उपस्थिति रहेको थियो ।

Last updated:2019 Sep 07 Saturday 15:44:18

प्रतिक्रिया
सम्बन्धित समाचार