उपहार न्यूज
उदयपुर माघ १८
नेपाली कांग्रेसले सुरु गरेको समुदायमा कांग्रेस अभियान अन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १० ले भगवती मन्दिर, बौद्ध स्तुपा र राधाकृष्ण मन्दिर सरसफाई गरेको छ । नेपाली कांग्रेस त्रियुगा नगरपालिका वडा नम्बर १० को मंगलबार अभियानको कार्यतालिका बने बमोजिम मन्दिर सरसफाई गरिएको त्रियुगा नगरपालिका वडा नम्बर १० का वडा सभापती डेबिट बस्नेतले जानकारी दिनु भयो ।
समुदाय संग काग्रेसलाई जोड्ने विशेष अभियान अन्तर्गत देशभरी माघ १६ देखि २६ गते सम्मको लागि विशेष अभियान सुरु गरिएको छ । अभियान अन्तर्गत कांग्रेसले उदयपुर जिल्लाका ७५ वटै वडाहरुमा कांग्रेसका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई परिचालन गरेको छ । कांग्रेस त्रियुगा १० ले कार्यतालिका अनुसार शुक्रबार त्रियुगा नगरपालिका १० बाबरी स्थित विपि वन बाटिकमा सरसफाई तथा संरक्षणको काम गर्ने भएको छ ।
त्यसैगरी अभियान अन्तर्गत वडामा रहेका सामुदायीक वन, विद्यालय, वडा कार्यालय, सामाजिक संघ संस्थाहरु संग समन्वय तथा छलफल गर्ने योजना बनाएको छ ।
अभियानकै क्रममा त्रियुगा नगरपालिका वडा नम्बर १० मा विशेषज्ञ चिकित्सकहरु सहितको निःशुल्क स्वास्थ्य शिविर र क्रियाशिल सदस्य तथा वडाका नागरिकहरुको दुर्घटना विमा समेत गराउने योजना रहेको कांग्रेस वडा सभापती बस्नेतले जानकारी दिनु भयो ।
अभियानलाई सफल पार्नको लागि वडा कार्य समिति तथा विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरुलाई समेत परिचालन गरिएको वडा कार्य समितिका सचिव सन्तोष खड्काले जानकारी दिनु भयो । अभियानलाई सफल बनाउनको लागि नेपाली कांग्रेस उदयपुरले त्रियुगा नगरपालिका वडा नम्बर १० को लागि जिल्ला कोषाध्यक्ष मौसम राईलाई प्रतिनिधि तोके थियो । जिल्ला प्रतिनिधि राईले समेत त्रियुगा नगरपालिका वडा नम्बर १० मा हुने अभियानलाई सफल पार्नको लागि आफ्नो रचनात्मक सहभागीता रहने बताउनु भयो । बिहिबार आयोजित सरसफाई कार्यक्रममा प्रदेश सभा १ (ख) सचिव फिरन खड्का, त्रियुगा नगर सभापती प्रकास कुमार खड्का, जिल्ला सदस्य कल्पना मोते लगायतका उपस्तिथी रहेको थियो ।