Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

खेलक्षेत्रको विकासको लागि नगरपालिका प्रतिबद्ध छ ः नगर प्रमुख बस्नेत

  • उपहार न्यूज
  • मंगलबार, माघ १६ २०८०
खेलक्षेत्रको विकासको लागि नगरपालिका प्रतिबद्ध छ ः नगर प्रमुख बस्नेत

उपहार न्यूज
गाईघाट माघ १६
खेलको माध्यमबाट युवाहरु शारिरिक, मानसिक रुपमा तन्दुरुस्त हुने भएकाले सबै किसिमको खेलको विकासको लागि त्रियुगा नगरपालिकाले प्राथमिक्ताका साथ लागि परेको नगर प्रमुब बसन्तकुमार बस्नेतले बताउनु भएको छ । युवाहरुमा बढ्दो लागुऔषध दुव्र्यसनी रोक्न, स्वस्थ नागरिक बनाउनका लागि नगरपालिकाले विभिन्न खेलहरुको विकासको लागि आफुहरुले काम गरिरहेको बताउनु भयो ।
उहाँले खेल क्षेत्रको पूर्वाधार विकास र खेलाडिहरुलाई व्यवसायीक बनाउनको लागि नगरपालिकाले युवा तथा खेलकुद विकास समिति मार्फत काम गरी रहेको बताउनु भएको छ ।
त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्सेमा मंगलबारबाट सुरु भएको दोस्रो वडा अध्यक्ष सेभेन ए साइड फुटवल प्रतियोगीताको उद्घाटनलाई संबोधन गर्दै नगर प्रमुख बस्नेतले यस्तो बताउनु भएको हो । उहाँले नगरपालिकाले फुटवल संगै क्रिकेट, भलिवल, कराते लगायतका खेलहरुको विकासको लागि नगरपालिकाले विभिन्न योजना साथ काम गरीरहेको बताउनु भयो । उहाँले भर्खरै मात्र प्रदेश स्तरीय कराते, बक्सीङ लगायतका प्रतियोगीताहरु समेत सफलता पूर्वक सम्पन्न गरेको समेत बताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका त्रियुगा नगर सभापती तथा पूर्व वडा अध्यक्ष प्रकास कुमार खड्काले स्थानिय खेलाडिहरुको बृद्धि विकासको लागि यस किसिमको प्रतियोगीताहरुले सहयोग पुग्ने बताउनु भयो । उहाँले स्थानिय सरकारले समेत खेल क्षेत्रको विकासको लागि लगानी गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा त्रियुगा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष किरण पाण्डे, टोल विकास संस्था समन्वय समितिका संयोजक डिल्लीनारायण श्रेष्ठ, नव उदय सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष जीवन पाण्डे लगायतले प्रतियोगीता सफलताको शुभकामना दिनु भएको थियो ।

Last updated:2024 Jan 30 Tuesday 14:43:35

प्रतिक्रिया
सम्बन्धित समाचार