Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरको त्रिनपा १० मा वडास्तरीय बालसंजाल गठन

  • उपहार न्यूज
  • आइतबार, माघ ७ २०८०
उदयपुरको त्रिनपा १० मा वडास्तरीय बालसंजाल गठन

शौरव मगर-
बोक्से, माघ ७ ।

उदयपुरमा शनिबार वडास्तरीय बालसंजाल गठन भएको छ । जिल्लाको त्रियुगा नगरपालिकाको वडा नम्बर १० मा स्थानीय पूजा राईको अध्यक्षतामा १३ सदस्यीय संजाल गठन भएका हो ।

नवगठित संजालको बरिष्ठ उपाध्यक्ष बिप्लव भट्टराई र उपाध्यक्षको जिम्मेवारी आदर्श भुजेललाई तोकिएको छ । त्यसैगरी सचिव सुजन मगर, सहसचिव रोहन विक र कोषाध्यक्ष सन्ध्या परियार चयन भएका छन् । सदस्यहरुमा रिना बिशंखे, प्रिन्स श्रेष्ठ, सौगात बस्नेत, वर्षा राई, अनिता परियार, उपेन्द्र थापा र दिपीका श्रेष्ठको नाम सर्वसम्मत पारित भएको थियो ।

वडाभित्रका दर्जनौ बालबालिका सहभागी भेलामा वडाध्यक्ष किरण पाण्डे, वडासदस्यहरु तीलक अच्छामी, आशा राई, शनिदेव मगरलगायतका जनप्रतिनिधिको उपस्थित थियो । त्यस्ते हात्तिमारा टोलविकास संस्थाका अध्यक्ष रघुवीर दियाली, करमगाँछी टोलविकास संस्थाका अध्यक्ष टीकादत्त भट्टराई, यलम्बर टोलविकास संस्थाका अध्यक्ष सुपराज राई र बोक्से चोक टोलविकास संस्थाका प्रतिनिधि पार्वति थापालगायतको उपस्थिती थियो ।

यसैगरी बेलचोक टोलविकास संस्थाका अध्यक्ष कमल थापा, राम्चेली टोल विकास संस्थाका अध्यक्ष चन्द्रबहादुर कटुवाल र सचेतना टोलविकास संस्थाका अध्यक्ष पर्शराज राई र ज्येष्ठ नागरिक समूह वडा नम्बर १० का प्रतिनिधि शिव खड्कालगायत उपस्थित थिए । त्रियुगा नगर बालसंजालका अध्यक्ष रुपेश कार्कीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै वडाध्यक्ष किरण पाण्डेले त्रियुगा नगरपालिकाकै नमूना बालक्लवको रुपमा विकास गर्न आफू प्रतिबद्ध रहेको बताए । बालक्लवमा आबद्धहरुलाई सक्रियता बढाउदै सामाजिक हितका लागि काम गर्न सुझाव दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार