Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

सुशासनमैत्री स्थानीय तह बनाउछौँ : उदयपुरगढी जनप्रतिनिधि

  • उपहार न्यूज
  • बुधबार, माघ ३ २०८०
सुशासनमैत्री स्थानीय तह बनाउछौँ : उदयपुरगढी जनप्रतिनिधि

उपहार न्यूज
उदयपुर माघ ३
उदयपुरगढी गाउँपालिकाका जनप्रतिनिधिहरुले गाउँपालिकालाई सुशासनमैत्री स्थानिय तह बनाउनको लागि आफुहरु प्रतिबद्ध रहेको बताएका छन् । गाउँपालिकाबाट प्रवाह हुने सेवालाई प्रभावकारी र जनमैत्री बनाउनको लागि गाउँपालिका लागी परेको बताएका हुन् ।
बुधबार उदयपुरको उदयपुरगढी गाउँपालिकाको आर्थिक बर्ष २०८०÷०८१ को पहिलो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रमको क्रममा जनप्रतिनिधिहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । उदयपुरगढीमा बुधबार एक कार्यक्रमका विच गढी स्थित कवर्डहलमा पहिलो चौमासिक अवधिको सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाई र योजना शाखा प्रमुख गुणराज श्रेष्ठल गाउँपालिकाको पहिलो चौमासिक अवधिमा भएका आम्दानी तथा खर्चको बिषयगत शाखा सहितको प्रगति विवरण सार्वजनिक गर्नु भएको थियो ।
विकासका लागि साझा पहल उदयपुरले सहजीकरण गरेको उक्त कार्यक्रममा सहभागी स्थानिय नागरिकहरुले गाउँपालिकामा भएका विकास निर्माण तथा सेवा प्रवाहको बिषयमा विभिन्न जिज्ञासा, सुझाब तथा खबरदारी गरेका थिए । कार्यक्रममा सहभागीहरुले उठाएका बिषयबस्तुलाई गाउँपालिकाका विभिन्न बिषयगत शाखाका प्रमुखहरुले संवोधन गरेका थिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष मान बहादुर केप्छाकी मगर उपाध्यक्ष जित बहादुर खड्काले सहभागीहरुबाट उठेका विभिन्न बिषयमा आफ्नो धारणा राखेका थिए । कार्यक्रममा जनप्रतिनिधिहरुले गाउँपालिकालाई सुशासनमैत्री, पारदर्शि बनाउनको लागि गाउँपालिकाले समय समयमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गर्दै आएको र यसलाई निरन्तर रुपमा संचालन गर्ने बताए ।
गाउँपालिकाका उपाध्यक्ष जित बहादुर खड्काले सार्वजनिक सुनुवाईमा उठान भएका बिषयहरुलाई गाउँपालिकाले गम्भीरताका साथ लिएर आगामी दिनमा कमी कम्जोरी भएका पक्षहरुलाई औल्याउदै अझ प्रभावकारी सेवा दिनका लागि गाउँपालिका लागि पर्ने बताउनु भयो ।
कार्यक्रमको सहजीकरण विकासका लागि साझा पहल उदयपुरका सहजकर्ता ललित साहले गर्नु भएको थियो । कार्यक्रममा उदयपुरगढि गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानिय नागरिक, सरोकारवाला, राजनैतिक दलका प्रतिनिधि, पत्रकार लगायतको उपस्तिथी रहेको थियो ।

Last updated:2024 Jan 18 Thursday 09:34:13

प्रतिक्रिया
सम्बन्धित समाचार