Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

ताप्ली गाउँपालिका उदयपुरको पहिलो चौमासिक अवधिको सार्वजनिक सुनुवाई सम्पन्न

  • उपहार न्यूज
  • मंगलबार, पुष १७ २०८०
ताप्ली गाउँपालिका उदयपुरको पहिलो चौमासिक अवधिको सार्वजनिक सुनुवाई सम्पन्न

पुष्प दनुवार
ताप्ली पौष १६
उदयपुरको ताप्ली गाउँपालिका उदयपुरले आर्थिक बर्ष २०८ं०/०८१ को पहिलो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । पालिकाको सेवाप्रवाहको बिषयलाई लिएर आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानिय नागरिकहरुले विभिन्न पक्ष संग संबन्धित रहेर सुझाब, जिज्ञासा तथा खबरदारी गरेका थिए ।
कार्यक्रममा सहभागीहरुले पालिकामा बिद्युत विस्तारमा भएको ढिलाई, स्थानिय सडकहरुको दिगो विकास गरिनु पर्ने लगायका सुझाबहरु राखेका थिए । कार्यक्रमका सहभागी ताप्लीबासीले गाउँपालिकामा खस्कदो शैक्षिक अबस्थालाई सुधार गर्नका लागि गाउँपालिकालाई आग्रह गरेको छ ।
राष्ट्र र समाजको लागि योजना र कार्य पानस उदयपुरले सहजीकरण गरेको कार्यक्रममा पालिकाका बिषयगत शाखाका प्रमुख तथा वडा सचिवहरुले पहिलो चौमासिक अवधि सम्ममा पालिकामा सम्पादन गरेका कामहरुको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष ढुंगराज विश्वकर्मा, उपाध्यक्ष धनमाया मगर, प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर राई, पूर्वाधार शाखा प्रमुख मनिस कुमार यादव लगायतले कार्यक्रममा उठेका बिषयबस्तुमा प्रस्ट्याउनु भएको थियो ।
उहाँहरुले पालिकामा भएका कमी कम्जोरीलाई आगामी दिनमा सच्याएर अघि बढ्ने त्यसको लागि पालिकाबासीहरुले सहयोग पुर्याउनु पर्ने बताउनु भएको छ । कार्यक्रमको सहजीकरण पानस उदयपुरका सहजकर्ता विश्वराज तामाङले गर्नु भएको थियो ।

Last updated:2024 Jan 02 Tuesday 15:05:44

प्रतिक्रिया
सम्बन्धित समाचार