उपहार न्यूज
उदयपुर पौष १०
नेपाल निजामती कर्मचारी युनियनले कोशी प्रदेश सरकारबाट जारी भएको निजामती सेवा ऐन प्रति कोशी प्रदेश सरकार र सम्वन्धित सवै पक्षलाई धन्यवाद प्रकट गरेको छ । नेपाल निजामती कर्मचारी युनियन कोशी प्रदेशले विराटनगरमा मंगलबार एक कार्यक्रमको आयोजना गरी सरकारलाई धन्यवाद दिएको हो । ऐनमा कर्मचारीका बिषयमा आउनु पर्ने मुलभुत पक्षहरु लाई थप अध्यायन गरी शंसोधन गर्नुपर्ने बिषयलाई पुन प्रतिस्थापन विद्येक मार्फत समेट्न समेत सरकारलाई ध्यानकर्षण गराएको कर्मचारी युनियन प्रदेश अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष मान बहादुर वनले जानकारी दिनु भयो । अव टेवल हुने स्थायी सेवा ऐनका बिषयमा समेत गम्भिर भई कर्मचारीमैत्री स्थानिय सेवा ऐन जारी गर्न समेत युनियनले आग्रह गरेको छ । कर्मचारी युनियन कोशी प्रदेशको आयोजना तथा झापा जिल्लाको सह आयोजनामा गत मंसीर ३० गते झापाको दोमुखामा आयोजित कार्यक्रममा समेत संघिय निजामती सेवा ऐन प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐनका बिषयमा समेत व्यापाक छलफल भएको मोरग अध्यक्ष पर्शुराम मण्डलले जानकारी दिनु भयो ।
कर्मचारी युनियनले नेतृत्व गर्दा निजामती क्षेत्रका सबै राष्टिय टेड युनियनको सहमतीमा प्रदेश र स्थानिय निजामती सोव ऐनका बिषयमा समेट्नु पर्ने बिषयबस्तुहरुका सम्बन्धमा ध्यानकर्षण गराईएको केन्द्रिय सल्लाहकार गोपाल दाहाल र प्रदेश सल्लाहकार यादव प्रसाद दुलालले जानकारी दिनु भयो ।
युनियनको पहलमा सहकारी समेत संचालन भैरहेकाले सेवा निवृत्त र वहालवाला सबै कर्मचारीहरुलाई सहकारीमा आबद्ध हुन समेत सहकारीका अध्यक्ष माधव ढुंगेलले अनुरोध गर्नु भयो । स्थानीय जिल्ला र प्रदेशका सवै कार्यक्रमहरुमा केन्द्रको सहयोग हुने केन्द्रिय उपाध्यक्ष सोम कोइरालाले जानकारी दिनु भयो ।
मंसीर ३० गते आयोजित प्रदेश भेला एवं प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि कांग्रेस प्रदेश सभापती उद्धब थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री समशेर राई, प्रदेश सभा सदस्य रामकुमार खत्री पार्टी जिल्ला सभापती सहित विभिन्न तहका नेताहरुको कार्यक्रममा उपस्तिथी रहेको थियो । कार्यक्रममा नेपाल सरकारका सचिव डा. मुकुन्द प्रसाद निरौला, सह सचिव डा. टोकराज पाण्डे, प्रदेश सचिव लक्ष्मी पौडेलले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा केन्द्रिय प्रशिक्षण विभागका प्रमुख बरिष्ठ उपाध्यक्ष उत्तम कटुवाल र केन्द्रिय अध्यक्ष गोपाल पोख्रेलको समेत कार्यक्रममा उपस्तिथी रहेको थियो । कार्यक्रम संचालन प्रदेश सचिव राजु ढुंगानाले गर्नु भएको थियो ।