उपहार न्यूज
उदयपुर पौष १
नेपाल निजामती कर्मचारी युनियनको कोशी प्रदेश स्तरीय प्रशिक्षण तथा वनभोज कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । झापाको पर्यटकीय स्थल दोमुखामा आयोजित कार्यक्रममा करिब पाँच सय बढि युनियनकर्मीको सहभागीतामा प्रदेश भेला आयोजना भएको प्रदेश अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष मान बहादुर वनले जानकारी दिनु भयो । कार्यक्रममा सहभागी युनियनकर्मीहरुलाई सचिव मुकुन्द प्रसाद निरौला,सहसचिव डा.टोकराज पाण्डे, प्रदेश सचिव लक्ष्मीप्रसाद पौडेलले प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा प्रदेशका पूर्व मुख्यमन्त्री तथा कांग्रेस प्रदेश सभापती उद्धब थापा, मन्त्री शम्शेर राई, प्रदेश सभा सदस्य तथा उदयपुर क्षेत्र नम्बर २ का सभापती रामकुमार खत्री, युनियनका केन्द्रिय अध्यक्ष गोपाल पोख्रेल, बरिष्ठ उपाध्यक्ष उत्तम कटुवाल लगायत केन्द्रिय समितिका पदाधिकारी तथा सदस्यहरु, प्रदेशका जिल्ला अध्यक्ष, छिमेकी प्रदेशका जिल्ला अध्यक्षहरु, नेपाली कांग्रेसका झापा जिल्ला सभापती तथा पदाधिकारी लगायतको उपस्तिथी रहेको थियो ।
