Upahar News मंगलबार, साउन १२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

गाईघाटको व्यस्त सडकपेटी र पार्किङ व्यवस्थापन गरिने

  • उपहार न्यूज
  • आइतबार, पुष १ २०८०
गाईघाटको व्यस्त सडकपेटी र पार्किङ व्यवस्थापन गरिने

उदयपुर, पुस १ ।
उदयपुर सदरमुकाम गाईघाट बजारको बिभिन्न व्यस्त सडकहरुमा पार्किङ तथा फुटपाथ व्यवस्थापन गरिने भएको छ । बढ्दो सवारीसाधनको चाँपसँगै ट्राफिक व्यवस्थापनमा समेत असहज देखिएपछि अव्यवस्थित पाकिङको बिकल्पहरु अपनाइने भएको हो ।

अस्तव्यस्त बजार र सडकलाई व्यवस्थीत बनाउन त्रियुगा नगरपालिका, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी र ब्यपारीबीच संयुक्त पहलमा सडक व्यवस्थापनका काम अगाडि बढाइने भएको हो ।

ट्राफिक प्रहरीले आईतबारदेखि पैदल यात्रुको चाँप हुने सडक क्षेत्रमा लाईनिङ गर्ने कार्य समेत थालेको छ । पार्किङ व्यवस्थापनका लागि यसअघि अत्यधिक पार्किङ हुने ठाउँहरुमा प्लास्टिकका ड्रमहरु राखिएको छ । ड्रमहरुमा त्रियुगा नगरपालिकाका मेयर तथा उपमेयर र जिल्ला प्रहरी प्रमुखलगायतले संयुक्तरुपमा फूल समेत रोपेर सडक व्यवस्थापनको उद्घाटन गरेका थिए । त्यस्तै द्र्घटना सम्भावित क्षेत्रमा बिभिन्न सचेतनामूलक ट्राफिक सन्देश लेखिएको बोर्डहरु समेत राखिएको छ ।

Last updated:2023 Dec 17 Sunday 11:16:07

प्रतिक्रिया
सम्बन्धित समाचार