उपहार न्यूज
उदयपुर मंसीर १८
उदयपुरको वेलका नगरपालिका वडा नम्बर १ मा भुमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्नका लागि नगरपालिकाले जग्गा नापी गर्न सुरु गरेको छ । आईतबार एक कार्यक्रमका विच वेलका नगरपालिका नगर प्रमुख अशोक कार्की, उपप्रमुख जिरा राई, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे लगायतको उपस्तिथीमा वडा नम्बर १ को सयपत्री टोलबाट जग्गा नापी गर्न सुरु गरिएको हो ।
राष्ट्रिय भुमि आयोगमा जग्गा मागको लागि भुमि आयोगको कार्यविधि अनुसार अनुसुची ३ र ४ फारम भरी वडाबाट प्रमाणितकरण गरी निस्सा पाई भुमि स्थानिय सेवा केन्द्रमा प्रविष्ट भैसकेका स्थानिय दलित, भुमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबास भएकाहरुको जग्गा नापी गर्न सुरु गरिएको हो ।
वेलका नगरपालिकामा यस अघि वडा नम्बर २, ४, ५, ८ र ९ मा जग्गा नापी गर्ने काम भै सकेको भुमि स्थानिय सेवा केन्द्र वेलका नगरपालिकाका प्रमुख मनिसा राईले जानकारी दिनु भयो ।
आईतबारबाट वडा नम्बर १ को सयपत्री टोलबाट जग्गा नापी गर्न सुरु भए पछि स्थानिय नागरिकहरु हर्षित भएका छन् । यता वडा नम्बर ३ मा भने केहि टोलहरुमा जग्गा नापी गर्नका लागि बाकी रहेको नगरपालिकाले जनाएको छ । राष्ट्रिय भुमि आयोगको ३५ दिने सूचनाको आधारमा वेलका नगरपालिकाका करिब १२ हजारलाई वडाले प्रमाणिकरण गरेर निस्सा वितरण गरेको थियो । नगरपालिकामा हाल सम्म निस्सा प्राप्त गर्ने १०४ दलित, १०१० भुमिहिन सुकुम्बासी, ९ हजार ७ सय ८९ अव्यवस्थित बसोबास भएकाहरु भुमि स्थानिय सेवा केन्द्रमा प्रविष्ट भैसकेको केन्द्र प्रमुख मनिसा राई बताउनु हुन्छ ।
वेलका नगरपालिकाले यस वडा नम्बर ५ का १२ घर भुमिहिन दलितहरुलाई लालपुर्जा समेत वितरण गरिसेको छ । अब वडा नम्बर १ र ३ को जग्गा नापी सम्पन्न गरेर भुमि आयोगलाई सिफारिस गर्ने तयारी रहेको प्रमुख राईले बताउनु भयो । नगरपालिकाले नापी भैसकेको जग्गाहरुको आवश्यक प्रक्रिया पुरा गरेर सके सम्म चाडै लालपूर्जा वितरणको प्रक्रियामा नगरपालिका अघि बढि सकेका वेलका नगर प्रमुख असोक कार्कीले बताउनु भयो ।
जग्गा नापि गर्ने क्रम सुरु भएकाले स्थानियहरुलाई विवादरहित ढंगले जग्गा नापी कार्यमा सहयोग पु¥याउनको लागि नगर उप्रमुखले जिरा राईले आग्रह गर्नु भएको छ । उपप्रमुख राईले जग्गा नापीको कामलाई यथासिघ्र सम्पन्न गरेर यहि कार्यकाल भित्रमा लालपुर्जा वितरण गर्ने समेत बताउनु भयो ।