Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

भुकम्प प्रभावित क्षेत्रमा राष्ट्रिय अभियन्ता नजबुलको सक्रियता

  • उपहार न्यूज
  • मंगलबार, मंसिर १२ २०८०
भुकम्प प्रभावित क्षेत्रमा राष्ट्रिय अभियन्ता नजबुलको सक्रियता

उपहार न्यूज
उदयपुर मंसीर १२
भुकम्प प्रभावित क्षेत्र जाजरकोटमा पुगेर सामाजिक अभियान्ता नजबुल खानले स्थानिय बालबालिकाहरुलाई शैक्षिक सामाग्री प्रदान गरेका छन् । भुकम्पका कारण शैक्षिक सामाग्री विहिन भएका बालबालिकाहरुलाई शिक्षामा पुनस्थापना गर्नका लागि अभियान्ता खानको सक्रियतामा शैक्षिक सामाग्री हस्ताणतरन गरेकी हुन् ।
मासवेस उदयपुरको आयोजना तथा लायन्स क्लब अफ काठमाण्डौ कनसन, लायन्स क्लब अफ काठमाण्डौ न्यू पाथिभरा र लायन क्लब काठमाण्डौ गुराँसको सहयोगमा स्थानिय २५ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री हस्ताणतरन गरिएको हो । भेरी नगरपालिकाका उपप्रमुख सीता जैसीको प्रमुख आतिथ्यतामा त्रिभुवन मावि र हनुमान प्रा.विका २५ जना भुकम्प प्रभावित बालबालिकाहरुलाई सामाग्री प्रदान गरिएको अभियान्ता खानले जानकारी दिनु भयो । लैङगीक हिंसा बिरुद्धको १६ दिने अभियानको तेस्रो दिनको अबसर पारेर छोरीहरु साहासी हुनुपर्छ, हिंसा सहनु हुदैन, हिंसा हुनु हुदैन, हरेब घर हरेक पालिका हुनुपर्छ साहासी बालिका लगायतका नारा सहित जाजरकोटमा पुगेर खानले अभियान संचालन गरीरहेका छन् ।
कोरोना कहरको समयमा उदयपुरको भुल्केमा जोखिमपूर्ण काम गर्दै भुल्केलाई मोडलको रुपमा पहिचान गारउन सफल भएका खानले जाजरकोटमा पनि सेवा गर्न पाउदा खुसी लागेको बताईन । यतिवेला जाजरकोटाम सक्रिय अभियान्ता खान आभास राष्ट्रिय अभियान संयोजक, सुचनाको हकका लागि राष्ट्रिय अभियान र शिक्षाका लागि राष्ट्रिय अभियानका केन्द्रिय सदस्य हुन् ।

Last updated:2023 Nov 28 Tuesday 05:05:24

प्रतिक्रिया
सम्बन्धित समाचार