उपहार न्यूज
उदयपुर मसींर ८ |
त्रियुगा नगरपालिका वडा नम्बर ५ ले आर्थिक बर्ष २०८०/०८१ को पहिलो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । त्रिनपा ५ देउरी स्थित स्वास्थ्य चौकी भवनमा आयोजिना गरिएको कार्यक्रममा जनप्रतिनिधिहरुले वडाबाट हुने कार्य सम्पादनलाई थप प्रभावकारी र जिम्मेबारीका साथ अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा सहभागी स्थानिय नागरिकहरुले विभिन्न जनगुनासो संगै, वडामा हुने कार्य सम्पादन, बजेट निर्माण तथा बजेट कार्यान्वयनको बिषयमा विभिन्न सल्लाह, सुझाब र जिज्ञासा राखेका थिए । कार्यक्रममा सहजीकरणको जिम्मेबारी प्राप्त गरेको पानस उदयपुरका सहजकर्ता किरण प्रसाद ढुंगानाले वहिर्गमन अभिमत र नागरिक प्रतिवेदन पत्रको आधारमा तयार पारेको चौमासिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा त्रिनपा ५ का वडा सचिव देवेन्द्र खत्री र स्वास्थ्य चौकी देउरीका सिअहेब फिरोज अलीले पनि प्रतिवेदन प्रस्तुत गर्नू भएको थियो । कार्यक्रममा सहभागीहरुले उठाएका प्रश्न, जिज्ञासा तथा सुझाब माथि धारणा राख्दै वडा अध्यक्ष उद्धब थापाले सार्वजनिक सुनुवाईमा उठेका बिषयहरुको बिषयमा वडा कार्यालय र सिंग जनप्रतिनिधिहरु गम्भीरताका साथ प्राप्त सुझाबलाई अनुसरन गर्दै अघि बढ्ने बताउनु भयो । उहाँले अझै पनि वडाका विभिन्न स्थानमा विकास निर्माणका कामहरु अधुरै रहेको, योजना बाडफाड गर्दा छुटेका स्थानहरुमा पनि आगामी कार्यक्रम तथा योजनामा समावेश गर्दै अघि बढ्ने बताउनु भएको थियो ।
वडा अध्यक्ष थापाले आफुले व्यक्तिगत तथा वडाको पहलमा नगर, प्रदेश तथा संघ सरकारबाट वडाको विकासका लािग विभिन्न योजनाहरु पार्न सफल भएको समेत बताउनु भयो । उहाँले सार्वजनिक सुनुवाईमा आएका जनगुनासोहरुलाई आगामी सार्वजनिक सुनुवाई अगावै संबोधन गरेर अघि बढ्ने समेत बताउनु भयो । कार्यक्रममा सहभागीहरुलाई स्वागत मनतव्य वडा सदस्य कुवेर ग्रान्जामगरले गर्नु भएको थियो, कार्यक्रमको खुल्लाशत्रको सहजीकरण पानसका अध्यक्ष विश्वराज तामाङ तथा व्यवस्थापन पानस सहजकर्ता पुष्प दनुवारले गरेका थिए । कार्यक्रममा स्थानिय नागरिक, कर्मचारी, स्वास्थ्यकर्मी, राजनैतिक दलका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी लगायतको बाक्लो उपस्तिथी रहेको थियो ।
