Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

डम्बरले तताए असोकले नचाए

  • उपहार न्यूज
  • शुक्रबार, मंसिर १ २०८०
डम्बरले तताए असोकले नचाए

उपहार न्यूज
उदयपुर मंसीर १उपहार न्यूज
उदयपुर मंसीर १
उदयपुर कलाकार समाजको आयोजनामा गाईघाटमा दिपावली सांगीतिक साझ सम्पन्न भएको छ । कलाकार समाजले पहिलो पटक आयोजना गरेको सास्कृतिक कार्यक्रममा नेपालका लोकप्रिय गायक डम्बर नेपालीको प्रस्तुतीमा स्थानिय संगीतप्रेमीहरु झुमेका थिए ।
डम्बरले मेरो जीवन बाट जाने भए जाउ, विग्रेको मान्छे म लगायतका आधा दर्जन गीतहरु प्रस्तुत गरेका थिए । गएको आईतबार राती गाईघाटमा आयोजना गरिएको उक्त कार्यक्रममा उदयपुर कलाकार समाजका अध्यक्ष समेत रहेका गायक अशोक सिवा, महिमा परियार, रियाज आचार्य, द रेसक्यु व्याण्ड, न्यू स्प्रीङ व्याण्डले सांगीतिक प्रस्तुी राखेका थिए । त्यसैगरी सुविन बस्नेतले नृत्य प्रस्तुती राखेका थिए । विगतमा किनारा व्याण्डको व्यानरमा आयोजना हुदै आएको यो कार्यक्रम कलाकारहरुको संस्थागत सहभागीतमा सुरु भएको उदयपुर कलाकार समाजले हरेक बर्ष दिपावलीको अबसरमा कार्यक्रम आयोजना गर्ने आयोजक समितिका अध्यक्ष असोक शिवाले जानकारी दिनु भयो ।


यस अघि होली पर्व २०७९ मा उपहार एफ.एम संगको साझेदारीमा आयोजना गरिएको थियो । यस बर्ष पनि आगामी फागुन पुर्निमा होलीको अबसरमा पिपल चोक गाईघाटमा उपहार एफ.एम र उदयपुर कलाकार समाजले संयुक्त रुपमा होलीको आयोजना गर्ने उहाँले जानकारी दिनु भयो ।

 

Last updated:2023 Nov 17 Friday 11:21:53

प्रतिक्रिया
सम्बन्धित समाचार