Upahar News मंगलबार, साउन १२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुर प्रहरीको सफलता ठूलो परिमाणमा ब्राउन सुगर बरामद

  • उपहार न्यूज
  • बिहिबार, कार्तिक १६ २०८०
उदयपुर प्रहरीको सफलता ठूलो परिमाणमा ब्राउन सुगर बरामद

उपहार न्यूज
उदयपुर कात्तिक १६
जिल्ला प्रहरी कार्यालय उदयपुरले हाल सम्मकै ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई बुधबार त्रियुगा नगरपालिका ९ भिमा मोहरीया चौकबाट नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले को २८ प ४९६८ नम्बरको मोटरसाईकलमा खनतलासी गर्दा २ वटा प्लास्टकिमा ८१ ग्राम ५५० मिलिग्राम लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरीले भारतको विहार राज्य सुपौल जिल्ला भिमनगर थाना वडा नम्बर १२ का ४८ बर्षिय प्रमोद गुप्ता र सुनसरी इनरुवा ६ का ४५ बर्षिय सलिम मियालाई नियन्त्रणमा लिई जिल्ला अदालत उदयपुरबाट ७ दिनको म्याद थप भई आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक रमेश थापाले जानकारी दिनु भयो । हाल सम्मकै उच्च परिणामा नियन्त्रण लिईएको ब्राउन सुगर सहित पक्राउ परेका प्रमोद ठूलो कारोबारी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । यता त्रियुगा नगरपालिका १० गैरुनबाट बुधबारनै स्कारपियो गाडिको गीयरबक्स भित्र २७ ग्राम ब्राउन सुगर सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । भारतीय नम्बर प्लेटको स्कारपियोबाट कारोबारको लागि उदयपुर आईपुगेका भारतको विहार विरपुर १२ का सन्तोषकुमार महतो र भारत सुपौल विरपुर ८ का जस्वीर कुमार मण्डललाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट २७ ग्राम ब्राउन सुगर सहित सानो डिजिटल तराजु, नगद एक लाख ५४ हजार दुई थान मोवाईल र स्कारपियो गाडि समेत नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले लागुऔषध नियन्त्रणको लागि सुरु गरेको मिशन एमडिआई अन्तर्गत प्रहरीको विशेष अप्रेशनमा धमाधम लागुऔषध कारोबारीहरु पक्राउ पर्न थालेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरीले जानकारी दिनु भयो ।
यता कात्तिक १४ गते मंगलबार प्रहरीले उदयपुरको बेलका नगरपालिका १ आम्बासीबाट चौदण्ढिगढ नगरपालिका ४ का ३० बर्षिय सुमन तामाङलाई लेबल बिनाको ३ एम्पुल र ३० बर्षिय मुकेश राईबाट ५ एम्पुले प्रतिबन्धित लागुऔषध शरीर भित्र फ्रिजिङ गरेर ल्याउदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले यस अघि असोज ८ गते त्रियुगा नगरपालिका ३ मोतिगडाबाट १ ग्राम ६८० ग्राम ब्राउन सुगर सहित हरि निरौला सहित तीन जनालाई पक्राउ गरेको थियो ।
त्यसैगरी असोज १९ गते बेलका नगरपालिका १ आम्बासीबाट १६ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर सहित जितेन्द्र मुखिया सहित २ जना, असोज २० गते बेलका नगरपालिका ८ चतरा पुलबाट २० ग्राम ४३० मिलिग्राम ब्राउन सुगर सहित खैरुल वासर र असोज २१ गते बेलका नगरपालिका १ आम्बासीबाट १९ ग्राम २० मिलिग्राम ब्राउन सुगर सहित रंजितकुमार मुखियालाई पक्राउ गरी आवश्यक अनुसन्धान सहित कारवाहि गरीरहेको जनाएको छ ।

Last updated:2023 Nov 02 Thursday 11:45:39

प्रतिक्रिया
सम्बन्धित समाचार