Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

आफै कार्यरत लघुवित्तको ७३ लाख झ्वाम पार्ने प्रहरी नियन्त्रणमा

  • उपहार न्यूज
  • बुधबार, कार्तिक १ २०८०
आफै कार्यरत लघुवित्तको ७३ लाख झ्वाम पार्ने प्रहरी नियन्त्रणमा

उपहार न्यूज
उदयपुर कात्तिक १
आफै कार्यरत लुघवित्त संस्थाको रकम सस्थाको सदस्यहरुको फर्जि नामावली बनाई ७३ लाख बढि रकम झ्वाम पार्ने एक युवक पक्राउ परेका छन् । उदयपुरको रौतामाई गाउँपालिका वडा नम्बर ७ मुकुर्चीमा रहेको श्रृजनशिल लघुवित्त संस्थाको शाखा कार्यालयमा कार्यरत एक कर्मचारी पक्राउ परेका हुन् ।
त्रियुगा नगरपालिका ५ घर भएका २७ बर्षिय गौरव बहादुर अधिकारीले उक्त संस्थामा संस्थाका सदस्यहरुको फर्जि नामवली कागज बनाई फर्जि ऋणपत्र देखाई ५० लाख ९१ हजार ५ सय ७७ रुपैया सावा र सोको व्याज रु२२ लाख ३१ हजार एक सय ६६ रुपैया गरी ७३ लाख २२ हजार ७ सय ४३ रुपैया ठगी गरेको संस्थाको तर्फबाट जाहेरी प्रहरीमा परेको थियो ।
प्रहरीले उक्त कसुरलाई थप अनुसन्धानको क्रममा ठगी नभई बैकिङ कसुर अन्तर्गतको कसुर गरेको देखिएकोले ठगीबाट बैकिङ्ग कसुरमा मुद्धा चलाएको थियो ।
लघुवित्तको रकम लिएर फरार रहेको बरिष्ठ फिल्ड सहायक गौरव बहादुर अधिकारीलाई प्रहरीले असोज २९ महोत्तरी जिल्लाको बलवा नगरपालिका –९, अध्यानपुर (भारतको सिमाना नजिक) बाट लुकीछिपी बस्दै गरेको अवस्थामा पक्राउ गरी यस कार्यालयमा ल्याई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी हरिनन्दन चौधरीले जानकारी दिनु भयो ।

Last updated:2023 Oct 18 Wednesday 10:14:19

प्रतिक्रिया
सम्बन्धित समाचार