Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

मुर्कुचीमा सिंचाईसम्बन्धी दुइदिने तालिम सम्पन्न

  • उपहार न्यूज
  • आइतबार, भाद्र १५ २०७६
मुर्कुचीमा सिंचाईसम्बन्धी दुइदिने तालिम सम्पन्न

शंकर रिखाम मगर
उदयपुर, भदौ १५ ।
साना सिचाइ आयोजना तथा रौतामाइ गाउँ पालिकाको आयोजनामा दुइदिने तालिम सम्पन्न भएको छ । स्विस सरकार विकासको सहयोगमा रौता महिला हित केन्द्र मुर्कुचिको सभाहलमा दुइदिने तालिम समापन भएको हो ।
सिचाइ जल उपभोक्ता समितिको सस्थागत विकास तथा गुणस्तर नियन्त्रणको लागि तालिम सन्चालन गरिएको थियो ।
तालिम सिचाइ सुविधावाट कृषि उत्पादन वढाउदै विपन्न तथा वन्चितिकरणमा पारिएका समुदायलाइ गरिबी न्युनिकरणमा सुधार गर्दै लैजाने साना सिचाइ परियोजनाका शुरेश चौधरिले वताए ।
तालिममा रौतामाइ गाउँ पालिका वडा नम्वर २ का चिसापानी पावु धनसेर कुलो, खारी कुलो सिचाइ, वडा नम्वर ८ का सनमान बडहरे चम्लायो कुलो, वडा नम्वर ७ का तिलवारी रखालटार कुलो सिचाइ पुवारे र दोवाने कुलो सिचाइ गरि पाँचवटा समुहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सहभागिहरुमा ५ जना महिला रहेकोथियो भने १५ जना पुरुषको सहभागिता रहेको थियो ।
कुलो निर्माण गर्दा वालुवा, गिटि, ढुङ्गा तथा इन्टेकको वारेमा जानकारी दिदै कस्तो किसिमको सिमेन्टको प्रयोग गर्ने वारेमा प्राविधिक चित्र मगर र सुवाश चौधरिले जानकारी दिएकाथिए । तालिम शुक्रबार सकिएको हो ।

Last updated:2019 Sep 01 Sunday 07:11:56

प्रतिक्रिया
सम्बन्धित समाचार