Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

दुई युवाले एउटै प्रेमिका परेको थाहा पाएपछि ग्याङ फाईटमा हिडेको १५ जना पक्राउ

  • उपहार न्यूज
  • शुक्रबार, असोज १९ २०८०
दुई युवाले एउटै प्रेमिका परेको थाहा पाएपछि ग्याङ फाईटमा हिडेको १५ जना पक्राउ

बिराटनगर, असोज २० ।
‘प्रेमयुद्ध’का लागि हिडेका १५ जनालाई मोरङस्थित बिराटनगरबाट प्रहरीले पक्राउ गरेको छ । एउटै युवतीलाई अलग दुई युवकले मन पराएपछि उत्पन्न बिबादपछि वार कि पार गर्ने भन्दै बिभिन्न घरेलु हतियारसहित हिडेको समूह प्रहरीको नियन्त्रणमा परेको हो ।

मोरङ प्रहरीका अनुसार बिराटनगरको एक कलेजमा अध्ययनरत एक युवतीलाई दुई जनाले मन पराएका थिए । त्यसपछि दुईमध्ये कुनै एकजनाको हुने गरी छिनोफानो गर्न भन्दै ठाउँ नै तोकेर बेग्लाबेग्लै दुई समूह बिराटनगर पुगेका थिए । एक प्रेमीका र दुई प्रेमीबीचको त्रिकोणात्मक प्रेम सम्बन्ध अन्तिम रुप दिन ग्याङ फाईट गर्न हिडेका उनीहरुलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये ९ जनाको उमेर १८ वर्ष मुनि छ । प्रेमिकाको विषयमा यसअघि पनि दुई पक्षबीच विवाद भएको थियो । शुक्रबार फाइनल गर्ने भन्दै एउटा समूहले सुनसरीको बर्जुबाट युवाहरुको टोली बोलाएको थियो ।

अर्को समूह पनि विराटनगरमा तयारी अवस्थामा रहेर ग्याङ फाइट गर्ने तयारी भएको थाहा पाएपछि प्रहरीले उनीहरुलाई तत्काल नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार उनीहरुको साथबाट बाला, नक, खुडा, तरवार र लाठी बरामद गरिएको छ । सुरुमा केही पक्राउ परेका थिए । लगतै बाँकी १३ जनालाई पनि बिराटनगरको शनिमन्दिर चोक नजिकैबाट पक्राउ गरे हो ।

Last updated:2023 Oct 06 Friday 19:18:13

प्रतिक्रिया
सम्बन्धित समाचार