उपहार न्यूज
उदयपुर असोज १७
नजिकिदो चाड पर्वलाई लक्षित गर्दै उदयपुर प्रहरीले मंगलबारबाट जिल्लाका विभिन्न स्थानमा यात्रु साहयता कक्ष संचालनमा ल्याएको छ । चाड पर्वको समयमा लामो दुरीमा यात्रा गर्ने यात्रुहरुले विभिन्न किसिमको सास्ती खेप्नु पर्ने समस्यालाई मध्यनजर गर्दै मंगलबारबाट प्रहरीले यात्रु साहयता कक्षा संचालनमा ल्याएको हो । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले एक कार्यक्रमका विच मंगलबार त्रियुगा नगरपालिका १३ स्थित पूर्व पश्चिम बसापार्कमा यात्रु साहयता कक्षा संचालन भएको घोषणा गर्नु भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुर र जिल्ला ट्राफिक प्रहरी उदयपुरले चाडपर्वलाई लक्षित गर्दै यात्रुहरुलाई कुनै पनि किसिमको समस्या आउदा सहजीकरण गर्नका लागि यात्रु साहयता कक्ष संचालनमा ल्याईएको उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रमेश थापाले जानकारी दिनु भयो ।